म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको छ ।
सम्झौताको म्याद सकिने अवधिसम्म कार्यान्वयन नभएपछि ठोक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन् ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पत्राचार र फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि ठेक्का तोडिएको बताए ।
“२०७९ असार ७ गतेसम्मको म्याद भएको आयोजना निर्माणनै सुरु नगरेका निर्माण कम्पनीको जमानत फिर्ता गर्न बैंकलाई पत्र पठाएका छौँ,” उनले भने, “सार्वजनिक खरिद ऐनमा उल्लेखित व्यवस्था र कार्यपालिकाको गत जेठ ३० गतेको बैठकको निर्णयअनुसार निर्धारित समयमा काम गर्न नसकेकाले ठेक्का तोडिएको हो ।”
गत वर्ष फागुन ८ गते दाङको घोराही उपमहानगरपालिका–१६ को सुकृत निर्माण सेवाले रु ३४ लाख ४६ हजारमा सो सिँचाइ आयोजनाको ठेक्का सम्झौता गरेको थियो । सो योजनाका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ससर्त शीर्षकमा रु ५० लाख विनियोजन गरेको थियो ।
प्रतिस्पर्धामार्फत ठेक्का पाएको सो कम्पनीले हालसम्म कुनै पनि काम नगरेको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले बताए । सुकृतको जमानत बसेको हिमालयन बैंक लिमिटेडलाई रु चार लाख ९३ हजार जमानत गाउँपालिकाको खातामा जम्मा गर्न यही असार १ गते पत्राचार गरिएको हो ।
गत वर्ष फागुन ८ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई गाउँपालिकाले गत वर्ष चैत २८, यही वैशाख १४, जेठ ४, १२ र २३ गते पत्रमार्फत ताकेता गरेको थियो ।
पाइपलाइन, इन्टेकलगायतका संरचना बनाएर खिवाङको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन भएको योजना काम नै सुरु नभई फ्रिज हुदाँ कृषक निराश बनेका वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
दुई सय परिवारको ५०० रोपनीभन्दा बढी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । निर्माण व्यवसायीको लापरबाहीले बजेट विनियोजन भएको योजना कार्यान्वयन नहुने र कृषकले सिँचाइ अभावको समस्या भोग्नुपर्ने दुखद् अवस्था आएको वडाध्यक्ष खड्काले बताए ।
खिवाङ आलु र तरकारी खेतीको पकेट क्षेत्र हो । मकै र कोदो खेती हुने खिवाङ मुनिको फाँटमा धानबाली हुन्छ । सिँचाइ सुबिधा नहुँदा त्यहाँका कृषकलाई खेतीबाली लगाउन समस्या भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: