म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको छ ।
सम्झौताको म्याद सकिने अवधिसम्म कार्यान्वयन नभएपछि ठोक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन् ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पत्राचार र फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि ठेक्का तोडिएको बताए ।
“२०७९ असार ७ गतेसम्मको म्याद भएको आयोजना निर्माणनै सुरु नगरेका निर्माण कम्पनीको जमानत फिर्ता गर्न बैंकलाई पत्र पठाएका छौँ,” उनले भने, “सार्वजनिक खरिद ऐनमा उल्लेखित व्यवस्था र कार्यपालिकाको गत जेठ ३० गतेको बैठकको निर्णयअनुसार निर्धारित समयमा काम गर्न नसकेकाले ठेक्का तोडिएको हो ।”
गत वर्ष फागुन ८ गते दाङको घोराही उपमहानगरपालिका–१६ को सुकृत निर्माण सेवाले रु ३४ लाख ४६ हजारमा सो सिँचाइ आयोजनाको ठेक्का सम्झौता गरेको थियो । सो योजनाका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ससर्त शीर्षकमा रु ५० लाख विनियोजन गरेको थियो ।
प्रतिस्पर्धामार्फत ठेक्का पाएको सो कम्पनीले हालसम्म कुनै पनि काम नगरेको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले बताए । सुकृतको जमानत बसेको हिमालयन बैंक लिमिटेडलाई रु चार लाख ९३ हजार जमानत गाउँपालिकाको खातामा जम्मा गर्न यही असार १ गते पत्राचार गरिएको हो ।
गत वर्ष फागुन ८ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई गाउँपालिकाले गत वर्ष चैत २८, यही वैशाख १४, जेठ ४, १२ र २३ गते पत्रमार्फत ताकेता गरेको थियो ।
पाइपलाइन, इन्टेकलगायतका संरचना बनाएर खिवाङको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन भएको योजना काम नै सुरु नभई फ्रिज हुदाँ कृषक निराश बनेका वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
दुई सय परिवारको ५०० रोपनीभन्दा बढी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । निर्माण व्यवसायीको लापरबाहीले बजेट विनियोजन भएको योजना कार्यान्वयन नहुने र कृषकले सिँचाइ अभावको समस्या भोग्नुपर्ने दुखद् अवस्था आएको वडाध्यक्ष खड्काले बताए ।
खिवाङ आलु र तरकारी खेतीको पकेट क्षेत्र हो । मकै र कोदो खेती हुने खिवाङ मुनिको फाँटमा धानबाली हुन्छ । सिँचाइ सुबिधा नहुँदा त्यहाँका कृषकलाई खेतीबाली लगाउन समस्या भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - ०९:३२
काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...
बैशाख १४ गते, २०८१ - ०९:११
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...
बैशाख १४ गते, २०८१ - ०९:०९
ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...
बैशाख १४ गते, २०८१ - ०९:०४
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...
बैशाख १४ गते, २०८१ - ०८:३९
वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...
बैशाख १४ गते, २०८१ - ०८:३४
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...
बैशाख १४ गते, २०८१ - ०८:१९
काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...
बैशाख १४ गते, २०८१ - ०७:५०
काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...
बैशाख १४ गते, २०८१ - ०७:२८
काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...
बैशाख १४ गते, २०८१ - ०७:२०
तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
प्रतिकृया लेख्नुहोस्: