Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ : अर्थमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी एका छन् । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुनसक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारेका थिए।

“गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारीतापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्”, उनले भने, “तर अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन ।  त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौँ ।” उनले आगामी आर्थिक वर्षको बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए।

किसानको उत्पादन बजारसम्म सहजै पु¥याउनका लागि कृषि एम्बुलेन्सको सुरुआत गरेको उनले बताए। उनले वार्षिक रु साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए।

“आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ”, उनले भने । जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम् उपयोग गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए।

बजेटले लिएको नीतिकै कारण भारतको हैदरावादमा रहेको दुईवटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनले जानकारी दिए। कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए। उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुणस्तर परिक्षणको नाउँमा नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्...

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाउने

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर क्षेत्र...

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन पर...

जादाजादै कतारका राजाले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले...

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण के...

कति उपलब्धिमुलक रह्यो कतारी राजाको नेपाल भ्रमण ?

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेको छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा ...

अर्काे महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर...

त्रिविका कानूनी सल्लाहकार खनाललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जा...

सामान्य अंकले बढ्यो नेप्से, पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०।१७ प्रतिशतल...

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के के गर्न पाइदैन ?

काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies