Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

‘प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ ’

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन्  ।

प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राखे । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराए । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उनले जानकारी दिए  ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रतिष्ठानले तयार पारेको नेपाली बृहत् शब्दकोशको एपका कारण विश्वभरका नेपाली भाषीले यसको उपयोग गर्न सकेको बताए । 

सनातन संस्कृति कोश, लोकवार्ता कोश जस्ता महत्वपूर्ण ग्रन्थ यसैवर्ष प्रकाशन गर्न लागिएको प्रतिष्ठानको संरक्षकसमेत रहेका मन्त्री आलेले जानकारी दिए । काम बढी भएको प्रतिष्ठानको बजेट अर्थ मन्त्रालयले कटौती गरेकामा उनले असन्तुष्टि व्यक्त गरे  । राष्ट्रिय योजना आयोगका संस्कृति हेर्ने सदस्य डा रामकुमार फुयाँलले प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका क्षेत्रमा समय सापेक्ष विशिष्टिकृत संस्थाका रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए । 

प्रतिष्ठान जस्ता संस्थाको बजेट वृद्धि गर्न आफूले पटकपटक कुरा राखेको उनको भनाइ थियो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संविधान अनुसार नेपालको बहुलताका विषयमा प्रतिष्ठानले अध्ययन अनुसन्धान गराइरहेको जानकारी गराए । छिमेकी देशका प्रज्ञा प्रतिष्ठानसँग पनि सहकार्य गरेर प्राज्ञिक आदानप्रदानका माध्यमबाट काम गरिरहेको जानकारी उनले दिए  । पूर्व कूलपति वैरागी काइँलाले ज्ञान विज्ञानका क्षेत्रमा प्रतिष्ठानले गरिरहेका कामलाई अझै तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । 
 
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले प्रतिष्ठान राष्ट्रको आवश्यकता पूर्ति गर्ने शिरफूलका रुपमा स्थापित संस्था भएको बताए । सातै प्रदेशको परिचय दिने नेपाल दर्पण बजेट अभाव र कोरोना महामारीका कारण पूरा हुन नसकेको बताए । नेपाललाई विश्वमा चिनाउने यस्ता पुस्तक छिट्टै प्रकाशनमा ल्याउन सरकारको पनि सहयोग आवश्यक परेको उनले सुनाए  । 

मधेश प्रदेशको इतिहास, भाषा, संस्कृति, सङ्गीत, कृषिलगायत विषयको अध्ययन गरी भदौमा पुस्तक प्रकाशनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । अन्य प्रदेशमा भने यस्तो गर्न नसकिएको उनले गुनासो गरे  । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा निवृत्तिभरणमा शून्य गरिएकामा दुःख प्रकट गरे । 

प्रकाशनको तयारीमा १५० पुस्तक रहेपनि बजेट नभएकाले समस्या आएको उनको  भनाइ थियो । वाल्मीकि रामायण, प्रज्ञा नेपाली शब्दकोशलगायत देशकै गौरव बढाउने कृति छाप्नसमेत पैसा नभएकाले व्यवस्था गरिदिन माग गरेका थिए  । महोत्सव आयोजक समितिका संयोजक प्राज्ञ हेमनाथ पौडेलले प्रतिष्ठानले कवितालाई विशेष महत्व दिएर विसं २०२२ देखि कविता महोत्सव सुरु गरेको जानकारी गराए । 

विसं २०२२ मा सुरु भएको महोत्वस अहिलेसम्म विसं २०४७, २०६३ देखि २०६६ सम्म प्राज्ञ परिषद् गठन नभएका कारण रोकिएको थियो । अहिलेसम्म महोत्सवबाट पहिलो, दोस्रो, तेस्रो गरी २६० जना स्रष्टा पुरस्कृत भइसकेका छन् । यसवर्ष पनि पहिलो, दोस्रो दुई र तेस्रो तीन जना गरी पाँच जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ ।
 
यसवर्ष महोत्सवका लागि ५८८ कविता देश विदेशबाट प्राप्त भएका थिए । त्यसमध्येबाट ३० कविता आज वाचनका लागि छनोट गरिएको छ । अप्रतियोगी १५ कविता पनि वाचन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिए । विदेशमा रहेका कवि एवं कवयित्रीले भिडियोबाट नै कविता वाचन गर्न सक्ने व्यवस्था गरिएको छ । कविता वाचन सकिएपछि आजै साँझ प्रतिष्ठानको प्राज्ञ परिषद्ले परिणाम सार्वजनिक गर्ने जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending