काठमाडौँ । विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ ।
गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको यकीन विवरण आइसकेको छैन । प्रकोप पूर्वतयारी सञ्जाल ९डिपिनेट०ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणालीमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका पूर्वउपकूलपति प्रा डा जीवराज पोखरेलले केही वर्षयता प्राकृतिक विपद्का घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न मौलिक प्रविधिमा जोड दिनुपर्ने धारणा राखे ।
सहर बस्ती बसाउँदा सँगसँगै पोखरी बनाउनुपर्छ भन्ने कौटिल्यको सिद्धान्तलाई आत्मसात् गर्न सकिएमा बाढीपहिरो, आगलागीका घटना न्यून हुनुका साथै जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
मौसमविद् एवं डिपिनेटका प्राविधिक सल्लाहकार डा धरमराज उप्रेतीले मौसमको पूर्वसूचना अहिले पनि भारतको मौसम विभागबाट लिनुपर्ने अवस्था रहेको भए पनि तत्कालको भविष्यवाणी भने नेपालको जल तथा मौसम विज्ञान विभागको भरपर्दो रहेको उल्लेख गरे । मौसमविद् उप्रेतीले भने, ‘‘विगतका वर्षको तुलनामा यस वर्ष मनसुनको चाप बढी रहेकाले यसले बाढी, पहिरो, कटान, डुबानजस्ता क्षति विपद् ल्याउने हुँदा त्यसबाट सुरक्षित रहन पूर्वतयारीदेखि पूर्वसूचना प्रणालीलाई समुदायस्तरसम्म पु¥याउन जरुरी छ ।” उनले विपद्सम्बन्धी ज्ञान, प्रभावकारी अनुगमन, चुस्त सञ्चार प्रणाली र समुदायको क्षमताको विकास नभएसम्म विपद् जोखिम न्यूनीकरण गर्न कठिनाइ हुने बताए ।
पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले प्राकृतिक विपद्का कारण अकालमै ज्यान जाने, अङ्गभङ्ग हुने र भौतिक सम्पत्ति क्षति हुने अवस्थालाई समयमै रोक्न सकिएमा त्यो महापूण्य कार्य हुने भएकाले यसमा लाग्न सबैलाई आग्रह गरे । उनले पूर्वतयारीमा एक डलर लगानी गरिएमा त्यसबाट राहत, पुनःस्थापनामा झण्डै सात डलर बराबर बचत हुने उल्लेख गर्दै विज्ञानमा आधारित जोखिम संवेदनशीलतालाई सबैले मनन गरी मौसमको पूर्वसूचना प्रणालीलाई समुदायस्तरमा पु¥याउन जरुरी रहेको बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त, अधिकारसम्पन्न र साधनस्रोत सम्पन्न नबनाएसम्म विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको प्रधानमन्त्रीको अध्यक्षतामा गठित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्यसमेत रहनुभएका डा तुलाधरको भनाइ छ ।
डिपिनेटका कार्यवाहक अध्यक्ष डा राजु थापाले प्राकृतिक विपद्का दृष्टिले नेपाल विश्वमै उच्च जोखिमपूर्ण अवस्थामा रहेकाले यसबाट हुने क्षति न्यून गर्न राजनीतिक नेतृत्वदेखि समुदायस्तरसम्म प्रभावकारी सूचना सम्प्रेषणमा जोड दिन आवश्यक रहेकाले यसमा सञ्चारकर्मीको भूमिकालाई सशक्त बनाउन आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: