काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए ।
“ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए÷नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर कुनै पनि कार्यान्वयन भएको छैन”, उनले भने, “शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो रु”
उनले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताए । उनले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गरे ।
सांसद जीपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गरे । शून्य समयमा बोल्दै उहाँले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पु¥याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गरे । उनले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताए ।
सांसद लामाले नागरिकता विधेयक सबै राजनीतिक दलको सहमतिमा सबै नागरिकले नागरिकता पाउने गरी ल्याउनुपर्ने माग गरे । सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराए ।
सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको धयानाकर्षण गराइन् । सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद कृष्णबहादुर राईले जोरपाटी–सुन्दरीजल र जोरपाटी–नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गरे । सांसद केदार सिग्देलले असार १ गते तनँहु भानुमार्गमा पूर्णरुपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गरे ।
सांसद खगराज अधिकारीले स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी)को पत्रबारे छानबिन गर्न माग गरे । सांसद खेमप्रसाद लोहनीले यही असार १ गते धादिङको नेत्रावती र गङ्गाजमुना गाउँपालिकमा बाढी पहिरोले ४४ घरपरिवारलाई विस्थापित भएकाले राहत उपलब्ध गराई सुरक्षित स्थानका बसोबासको व्यवस्था गरे ।
सांसद गजेन्द्रवहादुर महतले जुम्लाका गत वर्ष दुईवटा गाउँ आगलागी र दुईवटा वडा बाढीले बगाएको भन्दै अहिलेका उक्त ठाउँका किसानको न घरबार न जग्गा नै रहेकाले किसान पेन्सन कार्यक्रम ती किसानमा कहिले पुग्ने भन्ने प्रश्न गरे । सांसदहरु गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमाप्रति आपत्ति जनाए । सांसद गङ्गा चौधरीले दाङ देउखुरीको राप्ति नदीमा दैनिक मापदण्डविपरीत ढुङ्गा गिटी ओसारपसार भइरहेकाले तुरुन्तै रोक्न आग्रह गरिने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: