Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

एमाले सांसदलाई अर्थमन्त्रीको जवाफ: कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइन

मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन्। 

“देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्धतीलाई अक्षरशः कार्यान्वयन गरिएको छ । यस विषयलाई राजनीतिक एजेण्डा बनाउनु गलत छ । केही उपाय नपाएपछि मलाई देखाएर समग्र सरकार र गठबन्धनमाथि प्रहार गर्न खोजिएको हो”, अर्थमन्त्रीले भने । 

अर्थमन्त्री शर्माले अर्थतन्त्रको समग्र उन्नयनलाई केन्द्रमा राखेर काम गर्दा अपराध ठानिन्छ भने त्यसलाई आफूले थप टिप्पणी नगर्ने बताए । 

आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि केहीलाई छटपटी भएको उनको भनाइ छ । हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उहाँले गम्भीर आपत्ती जनाए । 

बजेट निर्माणको अन्तिम दिन मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको स्पष्ट पार्दै उनले अर्थसचिव, राजश्व सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सम्बन्धित विभागका प्रमुख सम्मिलित समूहले बजेट तयार पारेको र त्यसमा नीतिगत मार्गदर्शन मात्रै आफूले गरेको अर्थमन्त्री शर्माले बताए । 

बजेट निर्माणको इतिहासमा पहिलो पटक सबै वर्ग, क्षेत्र, समूह तथा सरोकारवालाको चासो र चिन्तालाई छलफल तथा संवादका माध्यमबाट समेटिएको उल्लेख गर्दै उहाँले कुनै पनि बहाना नपाएपछि करको दर हेरफेर गरेको तथा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने जस्ता कथा बुनिएको बताए। 

अर्थमन्त्रीले भने, “कथामा भनिएको १२ बजेको समयमा म मन्त्रालयमा थिइन, मन्त्री निवासमा थिए । मन्त्री निवासको सुरक्षाकर्मीसँग गएर बुझ्नुस् ।” उनले सरकार र गठबन्धनप्रति लाञ्छना लगाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने षड्यन्त्र गरिएको र सरकारलाई हिलो छ्याप्न खोजिएको टिप्पणी गरे। 

अर्थमन्त्री शर्माले देश, जनता र समस्यामा परेको अर्थतन्त्र उकास्न र त्यसलाई गति दिन इमान्दार भएर प्रयास गर्दा त्यसैलाई अपराध ठानिन्छ भने आफ्नो भन्नु केही नभएको प्रतिक्रिया दिए। 

बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते अनाधिकृत मानिसलाई मन्त्रालयमा प्रवेश गराएर अर्थमन्त्रीले करको दर हेरफेर गरेको तथा केही व्यापारिक समूहको स्वार्थअनुसार काम गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रतिनिसभामा विरोध जनाएको छ । 

मङ्गलबार पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूचीमा अर्थमन्त्रालय समावेश थियो । एमालेले विरोध गरेपछि मङ्गलबार पनि अर्थमन्त्रीले संसद्मा जवाफ दिन पाउनु भएन । बुधबार पनि अर्थ मन्त्रालयको जवाफ दिने विषय कार्यसूचीमा नै परेन । एमालेले संसदीय छानबिन समिति वा राजीनामा नदिँदासम्म अर्थमन्त्रीलाई जवाफ दिन नदिने जिकिर गरिरहेको छ । 

“देश र जनताको पक्षमा काम गर्दा संसदीय छानबिन रु मान मर्दन ? मैले के अपराध गरेको छु । देश र जनताको पक्षमा काम गर्नु अपराध हो ? सवाल रह्यो, अनाधिकृत व्यक्तिको ? त्यसदिन मन्त्रालयमा कुनै पनि अनाधिकृत व्यक्ति आएका छैनन् र आउने हिम्मत पनि गर्दैनन्”, अर्थमन्त्रीले भने । 

मन्त्रालयमा को–को मानिस आउँछन्, त्यसको सबै जानकारी आफूलाई नहुने भन्दै उनले बजेटमा विरोध गर्ने कुनै पनि उपाय नपाएपछि राजनीति गर्ने अभिप्रायका साथ विरोधका लागि विरोध गरिएको स्पष्ट पारे । 

कथा पटकथा बनाएर सरकार र गठबन्धनविरुद्ध निशाना साँधिएको र त्यसमा अर्थमन्त्रीलाई प्रहार गर्दा सफलता हासिल गर्न सकिन्छ भन्ने गलत उद्देश्य राखिएको उनको भनाइ छ । अर्थमन्त्रीले अर्थ मन्त्रालयले समग्र दृष्टिकोणका साथ अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि दत्तचित्त भएर लागिपरेको बताए। 

उनले शेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई स्पष्ट निर्देशन गरेको र त्यसअनुसार काम भइरहेको उल्लेख गरे । उनले अर्थतन्त्र श्रीलङ्काको बाटोमा भन्दै गरिएको प्रचारमा समेत सत्यता नभएको जानकारी दिए। “आगामी आवको बजेटले नेपाललाई श्रीलङ्का हुनबाट जोगाएको छ । हामी समस्यामा छैनौँ । विदेशी मुद्राको सञ्चिती जोगाउनका लागि हामी इमान्दार भएर काम गरिरहेका छौँ”, उनले भने। अर्थमन्त्रीसँग गरिएको विस्तृत कुराकानी बिहीबार प्रकाशित हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टरा...

अनशनरत नर्सको समर्थनमा काठमाडौंमा प्रदर्शन, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न माग

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको सुधारका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रा...

सुनकोशी नदीमा कार खस्यो, चार जना बेपत्ता (अपडेट)

सिन्धुलीमाढी। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...

३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षसम्म बनेन

कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ...

अप्ठ्यारोमा परेकालाई घरमा ग्याँस पुर्‍याउँछौँ : जिप्रका चितवन

चितवन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको ...

देवानगञ्ज र हरिनगर बाहेकका क्षेत्रमा निषेधाज्ञा हट्यो

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज गोली काण्डपछि उत्पन्न भएको अवस्थालाई नियन्त्रणमा लिन लगाइएको निषेधाज्ञा सिमित क्षेत्रमा लागू हुने ग...

सुनकोशीमा कार खस्यो, उद्धार टोली घटनास्थलतर्फ

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा बसको ठक्करपछि एउटा कार सुनकोशी नदीमा खसेको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ...

मन्त्री मेहताद्वारा आगजनी र तोडफोड प्रभावित क्षेत्रको निरीक्षण

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गोलीकाण्डपछि उत्पन्न आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट प्रभावि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending