धनगढी । गोबर मल र रासायनिक मलको विकल्पमा कतिपय कृषकले आफ्नो खेतमा ‘ढैँचा’ नामको बिरूवा उमारेर मल बनाउन थालेका छन्।
बिउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई पुनः खेत खनजोत गर्दा कुहिएर मल बन्ने गरेको उनीहरूको भनाइ छ।
‘गोबर मल र रासायनिक मलको अभाव भएको बेला खेतमा यो बिरूवा उमारेर मलको रूपमा प्रयोग गर्दा बाली सप्रिन्छ,’ कञ्चनपुरका कृषक किसन चौधरीले अनुभव सुनाए, ‘जोतेको खेतमा यो बिरूवाको बिउ छरेर सिँचाइ गर्नुपर्छ, २०/२५ दिन पुगेपछि तयार हुने बोटलाई माटोमै सडाउँदा मल बन्छ।’
रासायनिक मलको सट्टा कतिपय किसानले धान रोपाइँ गर्नुअघि खेतमा यो बिरूवाको बोट तयार पारेर मल बनाउन थालेको उनले बताए।
किसान एग्रोभेट धनगढीका प्रमुख विष्णुराज बुर्लाकोटीले माटोको उर्बरा शक्ति बढाउनका लागि पछिल्ला वर्षमा कतिपय किसानले यो ढैँचाको खेती गर्न सिकेको बताए।
‘माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ’, उनले भने, ‘मुमको कोसा टिपिसकेपछि बोटलाई खेतमै खनजोत गर्दा त्यसबाट पनि मल बन्छ।’
रासायनिक मलको प्रयोग गरेर कृषि बालीबाट छिटो आम्दानी खोज्ने किसानको बानीका कारण ढैँचा र मुमको खेती गरिने क्षेत्रफल त्यति धेरै नरहेको उनले बताए।
पछिल्ला वर्षमा घरमा गाई, भैँसीलगायतका पशु चौपाया पाल्ने घट्दै जाँदा पर्याप्त गोबर कम्पोष्ट मलको समेत अभाव हुँदै गएको छ भने रासायनिक मलको प्रयोग बढ्दै गएकामा खेती गर्ने समयमा यो मलको समेत अभाव देखिने गरेको छ।
यस वर्ष धान रोपाइँको समय सुरू भइसक्दा कैलाली लगायतका जिल्लामा रासायनिक मलको अभाव भएको छ।
सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलाली जिल्लाका लागि डिएपी र युरिया मलको मौज्दात छैन।
एकपटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्कोपटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँलगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको कृषकको अनुभव छ।
धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयका प्रमुख नबलसिंह बोगटीले सुदूरपश्चिमका लागि छुट्याइएको कोटाको मलसमेत समयमै ल्याउन व्यवसायीले नमानेपछि मलको मौज्दात सकिएको बताए।
कृषि सामग्रीको धनगढी कार्यालयको सिफारिसपत्र लिएर कतिपय कृषि सहकारी संस्थाका प्रतिनिधि आफैं भैरहवाको कृषि सामग्रीको कार्यालय पुगेर मल ल्याउन थालेका छन्।
कृषि सहकारी संस्थामार्फत् सरकारी अनुदानकोे रासायनिक मल कृषकलाई बिक्री वितरण हुने गरेको छ।
हालै भैरहवामा पुगेको रासायनिक मलको परिमाणमध्ये सुदूरपश्चिमका लागि दुई हजार १६९ मेट्रिक टन कोटा छुट्याइएको बताइएको छ।
‘त्यहाँ पनि पर्याप्त मल छैन’, उनले भने, ‘वर्षभरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मेट्रिक टनभन्दा बढी मलको आवश्यकता पर्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: