Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजेपछि....

खबरडबली संवाददाता

काठमाडौँ ।  खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । 

जानकारका अनुसार त नेपालमा पञ्चायतकालमा नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । जेजस्ता दाबी गरिए पनि सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेको छैन । सरकारले प्रयास गरिरहेको भए पनि परिणाम हासिल नभएपछि काम गरेको प्रमाणित हुँदैन । नेपालमा मनसुन सुरु भइसकेको छ । 

खेतीपातीको मौसम सुरु भएको बेलामासमेत मल नपाएपछि किसान मात्रै होइनन्, राजनीतिक दल र सांसदलाईसमेत छोएको छ । प्रतिनिधिसभाको आजको बैठकसमेत त्यसैमा केन्द्रीत रह्यो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार मात्रै सरकारलाई विशेष निर्देशन दिँदै तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन आग्रह गरेका छन् ।  

प्रमुख खेती धानबाली लगाउने समयमा रासायनिक मलको उपलब्धता नभएको हुनाले तत्काल सरकार–सरकारबीचमा समझदारी गरेर रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालीन भण्डारको समेत व्यवस्था गर्नु आवश्यक छ । 

नेकपा (एमाले)का सांसद विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए  । 

संसद्का नियमित काम कारबाही रोक्ुनपर्ने उनले प्रस्तावमा उल्लेख छ । नेपालका ६० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जीडीपीमा धानको योगदान ७ प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिको लागि रासायनिक मल नभइ हुँदैन । सरकारसँग ६ महिनाका लागि भण्डारण गर्न सक्ने गोदामसमेत छैन । देशभर सरदर पाँच लाख मेट्रिकटन मल आवश्यक पर्दछ ।
 
रासायनिक मललाई अत्यावश्यक वस्तुको रुपमा ऐनमा परिभाषित गरी छिटो प्रक्रियाबाट ल्याउने गरी कानुनमा सुधार जरुरी छ । सरकारले  आगामी आर्थिक वर्ष आयात ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । उत्पादन बढाउनेदेखि कृषि क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने लक्ष्य समेत राखेको छ । तर, खेती लगाउने समयमा मल नपाएपछि नागरिकको तहबाट सरकारको आलोचना हुनु स्वभाविक छ । 

सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका क्रममासमेत के सत्तापक्ष के प्रतिपक्ष सबैले सरकारको एकै स्वरमा ध्यानाकर्षण गराए र भने “सरकार किसानले कहिले पाउँछन् रासायनिक मल ?ः” 

कृषिमन्त्री महिन्द्रराय यादव भारतसँग सरकारीस्तरमा नै रासायनिक मल ल्याउने उद्देश्यका साथ भ्रमणमा जानु भएको थियो । भारत सरकारका अधिकारीसँग छलफल सकारात्मक भए पनि परिणाम भने हासिल हुन सकेको छैन । 

प्रतिनिधिसभाको बैठकमा शून्य समय, विशेष समयमा समेत यस विषयले प्राथमिकता पायो । रासायनिक मलको विषय सरकारको विषय मात्रै नभइ सबै नागरिकको विषय भएको तथ्य पेश गर्दै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले भनिन्, “सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।”

सांसद भुसालले देशभित्र रासायनिक मल कारखाना स्थापनाका लागि पहल गर्नुपर्नेमा जोड दिइन्   । सांसद पदम गिरीले रासायनिक मल नपाउने अवस्थाको तत्काल अन्त्य गर्न सरकारको ध्यानकर्षण गराइन् । उनले भनिन्,  “किसानले अझै पनि रासायनिक मल नपाउने भए हँसिया, हलो जुवा लिएर प्रदर्शन गर्छन् । त्यसमा आजै ध्यान दिआँैं ।”

सांसद रामकुमारी चौधरीले अघिल्लो सरकारमा चारपटक कृषिमन्त्री परिवर्तन भएको तथ्य पेश गरिन् । उनले भनिन्,  “तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालले जिटुजीमार्फत रासायनिक मल खरिद गरौँ भन्ने प्रस्ताव गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको हामीले बिर्सेका छैनाँै । तर पछि आफूलाई मन परेको व्यक्तिलाई मन्त्री बनाएर सोही प्रक्रिया अगाडि बढाइयो ।” 
 
सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे«डिङ कर्पोरेशनमार्फत रासायनिक मल आयात गरिरहेको छ । विशेष गरी ठेकेदारको बदमासीका कारण सरकार सधैँ समस्यामा पर्दै आएको छ । सांसद प्रमोद यादवले रासायनिक मलको स्थायी समाधानका लागि विशेष प्रबन्ध गर्न माग गरे  । 

सांसद राजेन्द्र राईले रासायनिक मल कहिले आइपुग्छ भनेर प्रश्न गरे । उनले भने, “मल ल्याउने विषयमा सरकारलाई कस्लाई रोक्यो ? किन रोकियो? ” सांसद नारायणप्रसाद खतिवडाले जनताले पसलमा, सहकारी संस्थामा कही कतै पनि नपाएको भन्दै किन त्यस्तो भएको होला भन्दै जिज्ञासा राखे  । 

सांसद अमनलाल मोदीले महत्वपूर्ण विषयमा छलफल गर्ने बाहानामा सरकार र संसद्को नियमित काम कार्बाहीलाई प्रमुख प्रतिपक्षले अवरोध गर्ने अभिप्रायका साथ प्रतिनिधिसभाको छलफल स्थगनको प्रस्ताव गरिएको बताउ । उनले भने, “किसानलाई मल चाहिएको छ, हामी त्यसमा सबैको मतैक्य छ ।” 

जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा अगाडि बढाउनुपर्ने रासायनिक मलको विषयलाई फरक ढङ्गले प्रस्तुत गर्न खोजिएको भन्दै सांसद दुर्गा पौडेलले भने “सरकारले जि टु जीमार्फत ल्याउने भनेको मलको विषय के हो?  चीनबाट ल्याउने भनिएको प्रस्ताव कहाँ पुग्यो भनेर सदनलाई जानकारी गराउनुपर्छ ।” ठेक्का पाएका ठेकेदारले काम नगर्दा मलको समस्या जल्दोबल्दो रुपमा उठेको भन्दै बदमासी गर्नेलाई कार्बाहीको दायरामा ल्याउन आग्रह गरे  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending