सिन्धुपाल्चोक। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए ।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे। एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गरे। समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र कांग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए। जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १४:४२
काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...
आषाढ़ १९ गते, २०८३ - १४:३१
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...
आषाढ़ १९ गते, २०८३ - १४:१९
काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...
आषाढ़ १९ गते, २०८३ - १३:४०
काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...
आषाढ़ १९ गते, २०८३ - १३:१३
युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...
आषाढ़ १९ गते, २०८३ - १२:५३
बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...
आषाढ़ १९ गते, २०८३ - १२:०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ । कामपा वाताव...
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...



प्रतिकृया लेख्नुहोस्: