Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

खबरडबली संवाददाता

विराटनगर । प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८९३० बमोजिम आव २०७९र८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेश गरेका थिए।

नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताए । उनले बहुवर्षीय योजनामा विगतका सरकारले प्रयाप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै विगतका सरकारका कारण अहिले सरकारलाई रु २७ अर्बको आर्थिक भार बढेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलमा सहभागी प्रतिपक्षका सांसदहरूले विगतकै सरकारको कपी पेस्ट हो भन्नुु र यो नीति तथा कार्यक्रममा केही छैन भन्नु आफूले नबुझेको भन्दै मुख्यमन्त्री राईले छलफलमा उठेका सकारात्मक र राम्रा कुरा ग्रहण गर्ने उल्लेख गरे।

उनले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको भने।

विशेष समय

प्रमुख प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्कीले विगतका सरकारले प्रदेशको राजधानी कायम गरेको बताए । उनले प्रदेशको नामकरण संसद्मा प्रवेश गराउने समयमा कोरोनाको महामारी फैलिएको भन्दै प्रदेशको नामकरण गर्न आफ्नै संयोजकत्वमा कार्यदल बनेको जानकारी दिए। उनले सरकारले प्रदेशको नामकरण गराउन प्रदेशमा प्रस्ताव प्रवेश गराउनुपर्ने सुझाव दिँदै प्रदेशको नामकरणमा सरकारले उदासिनता देखाउन नहुने तर्क गर्नुभयो ।

पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशवासीको साझा पहिचान देखाउने गरी प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्दै विराटनगरमा सयौँ बिघा जग्गा रहेको र यसैमा प्रदेश सरकारको संरचना बन्नुपर्नेमा जोड दिए। उहाँले विद्यार्थीहरूले समयमै पुस्तक नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारले किसानको लागि मल, बीउविजन समयमै उपलब्ध गराउन माग गरे । उनले बैंकको चर्को ब्याज र आयातमा अप्ठ्याराहरू सिर्जना गरेर उद्योग र उद्योगी नफस्टाउने भन्दै वर्षातमा जनतालाई बाढीपहिरोबाट जोगाउन आवश्यक तयारी गर्नुपर्ने बताए।

प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending