Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

खबरडबली संवाददाता
जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् । 
 
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। 
 
बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् । उनका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन् । जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जनाएको छ । 
 
यस्तै जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेको छ । कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पु¥याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।
 
अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब रु डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । विपद्मा परेर मृत्यु भएका चारै जनाको परिवारलाई रु एक लाखको दरले राहत वितरण गरिसकेको धनुषाका सहायक प्रजिअ भण्डारीले बताए। यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 
 
मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास
 
बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका हुन् । 
 
जनकपुरधामस्थित गङ्गासागर पोखरीलाई जिल्लाका मुख्य नदीको प्रतिकात्मक रुपमा चार भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ, लाइफ ज्याकेटलगायतको सामग्रीको सहायतामा विपद्मा परेकाको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो । विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के के कुरामा ध्यान दिनेलगायतका विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास प्रस्तुत गरेका थिए ।
 
मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताए। 
 
उनले जनकपुरधाम पनि विभिन्न नदीहरूको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट हुने धनजनको क्षतिलाई रोक्न विपद् पूर्वाभ्यास कार्यक्रम महत्वपूर्ण कडी हुने विश्वास व्यक्त गरे। धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउदै स्थानीय तहहरू पनि विपद् न्यूनीकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 
 
उनले स्थानीय तहको सरकारलाई पनि विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिट्टै पालिका प्रमुखको बैठक बनाउने जानकारी दिदै मनसुन सक्रिय हुन थालेकाले विपद्को पूर्वतयारीमा जुट्न आग्रहसमेत गरे। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending