काठमाडौँ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य डा भीमबहादुर रावलले राष्ट्रिय प्राकृतिक स्रोत र साधनसँग सम्बन्धी सम्झौतामा संसद्बाट अनुमोदन हुनुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डका नाममा ठूला जलविद्युत् आयोजना बिना प्रतिस्पर्धा कुनै पनि कम्पनीलाई दिन नहुने धारणा व्यक्त गरे ।
सांसद रावलले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत हुनुपर्ने बताउँदै अमेरिकामा निकट भविष्यमै हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका बारेमा जानकारी गराउन सरकारसँग मागसमेत गरे । नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई कहीँकतैबाट पनि आघात पु¥याउन नहुने उल्लेख गर्दै उहाँले परराष्ट्रसम्बन्धी गविविधि परदर्शीहुनुपर्नेमा जोड दिए ।
सांसद चाँदतारा कुमारीले परराष्ट्र नीतिअनुसार मात्र मुलुक बाहिरका व्यक्तिले नेपालमा भेटघाट गर्नुपर्ने बताउँदै परराष्ट्रसँग समन्वयका लागि प्रदेशमा पनि डेस्क राख्न माग गरे । सांसद सुरेशचन्द्र दासले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्दै परराष्ट्र नीतिअनुसार र परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र कूटनीतिक निकायका व्यक्तिले भेटघाट गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याए ।
सांसद सरलाकुमारी यादवले अनुत्पादन क्षेत्रमा गरिएका लगानी उत्पादन क्षेत्रमा बजेट विनियोजन गर्न माग गरे । प्रत्येक प्रदेशमा दुईवटा विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने र नागरिकलाई परिचयपत्र बनाउन स्थानीय तहबाट बायोमेट्रिक लिनुपर्ने धारणा व्यक्त गरे ।
सांसद हिरा गुरुङले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुन नहुने बताए । साथै उहाँले बजेटमा उल्लेखित विद्युत् उत्पादनको लक्ष्य पूरा भएमा मुलुकमा ऊर्जाको समस्या नहुने धारणा व्यक्त गरे ।
सांसद गिरिराजमणि पोखरेलले हालै अमेरिकी उपमन्त्री उज्रा जियाको नेपाल भ्रमणका बेलामा तिब्बती शरणार्थी शिविरमा उनले भ्रमण गरेको भन्ने समाचारप्रति चासो व्यक्त गर्दै यसले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा शङ्का उब्जाएको टिप्पणी गरे ।
साथै उनले युक्रेनको पक्षमा दुई ठूला छिमेकी मौन रहेका बेला नेपालले हतारमा वक्तव्य सार्वजनिक गरेको आरोप लगाए । सांसद राजबहादुर बुढाक्षेत्रीले पहाड हिमालका छरिएको बस्तीमा उज्यालोका लागि वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । मााथिल्लो कर्णाली जलविद्युत् आयोजना एक कम्पनीले ओगटेर मात्र राखेको उल्लेख गर्दै उनले थपिएको समयमा पनि आयोजना अघि बढ्ने के सुनिश्चितता छ भनी प्रश्न गरे ।
सांसद डा डिला सङ्ग्रौला पन्तले मलुकको आर्थिक उन्नतिका लागि पनि सन्तुलित कूटनीति आवश्यक रहेकामा जोड दिए । उनले बजेटमा दुई वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विषय स्वागतयोग्य भएको बताउँदै राहदानी बनाउन लाम लाग्ने समस्या कहिले हट्ला भनी प्रश्न गरे ।
बैठकमा सांसदहरू दलबहादुर राना, प्रमिला राईलगायतले परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न शीर्षकमाथि आआफ्नो धारणा व्यक्त गरे । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: