Khabar Dabali ११ असार २०७९ शनिबार | 25th June, 2022 Sat

जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

Krishi bikash bank
खबरडबली संवाददाता

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए  ।

सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताए  । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताए  । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याम्पुको झोलमा मिसाएर ल्याइएको अवस्थामा १०० ग्राम सुन बरामद

काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ ।  त्रिभुवन अन्तरराष्ट्...

आफ्नै हजुरआमाको हत्या गरी खाल्डोमा पुरेर फरार रहेका खड्का पक्राउ

खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...

सैनिक कार्गो जहाज दुर्घटना ४ जनाको मृत्यु

मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...

उद्योगी, व्यवसायीका समस्या हल गर्न सरकार गम्भीर छ: गृहमन्त्री खाण

सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घ...

समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता: प्रधानमन्त्री देउवा

लुम्बिनी  । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै दे...

युक्रेन युद्ध पाँचौ महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना

किएभ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको  छ । युद्धले अनिश...

राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन्  । आजको बैठकमा सा...

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा...

नखोजिएका पुरातात्विक सम्पदा खोजौँ, सांस्कृतिक विरासतको समृद्धि फैलाऔँ : प्रधानमन्त्री देउवा

लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा द...

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा व...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page