पाल्पा । रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो ।
अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउँँछन्। उनले १२ किलो सावित्री, पाँच किलो साँवा मन्सुली गरी १८ किलो धानको बीउ प्रतिकिलो रु ४५ मा खरिद गरेको बताए।
यस्तै बिरमला कुमालले सहकारीबाट १५ किलो उन्नत जातको बीउ ल्याए। उनलाई अनुदानमा ल्याएको धानको बीउको खरिद बिक्री मूल्य भने थाहा थिएन ।
“बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ चर्को मूल्यमा बिक्री गरेको थाहा पाए”, उनले भने।
सहकारीका अध्यक्ष भेषबहादुर वंशीले भने ढुवानी, भण्डारण खर्च, धान वितरणका निम्ति परिचालित जनशक्तिको खर्चसहित संस्थाले प्रतिकिलो रु ३९ मा खरिद गरेको बीउ रु ४५ का दरले किसानलाई वितरण गरेको बताए।
उनले भने, “बीउ वितरण तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरेका थियौँ, उनीहरुलाई खाजा व्यवस्थापन, खुल्ला धान बिक्री गर्दा पैसा फिर्ता गर्न झण्झट हुने भएकाले सहकारीले रु ४५ मै बिक्री वितरण गरेको हो ।”
पालिकाको केन्द्र बेझाड बजारदेखि रजघरा पुग्न पक्की सडकमा सवारी साधनमा करिब १० मिनेट समय लाग्छ । सो दुरीको ढुवानी भाडा नै जोडेपनि प्रतिकिलोमा रु ६ मूल्य अधिक रहेको स्थानीयवासी बताउँछन् ।
सहकारीबाट किसानले सहुलियत मूल्यमा बीउ पाइएला भन्ने आशा गरेकी सुन्धरा कँडेल डोटेल महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गरे। यस्तै स्थानीय तुल्सी खनालले साँवा मन्सुली जातको ३५ किलो (एक बोरा) धान प्रतिकिलो रु ४५ का दरले रु एक हजार ५७५ मा खरिद गरे।
उनले सहकारीले जुन कायम ग¥यो सोही मूल्यमा धान खरिद गरेर ल्याएको बताए।
अनुदानको बीउ सहकारीले महँगोमा बिक्री गर्नु गलत भएको रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले बताए।
“किसानलाई सेवा दिने उद्देश्यले नगरले अनुदान कार्यक्रम ल्याएको हो, सहकारीलाई नाफा गर्न होइन, नाफाघाटाको कुरा जोड्न भएन, जनताले सहुलियत रुपमा सेवा पाउनुप¥यो, यसबारे संस्थासँग जानकारी माग्छौँ”, उनले भने।
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको बताए।
“मूल्य बढाएर किसानलाई धान बिक्री गरेको जानकारी हामीलाई आएको छ, सहकारीले हामीलाई स्पष्टीकरण भने अहिलेसम्म सोधेको छैन”, प्रमुख पाण्डेयले भने।
सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
रामपुरमा केही सहकारी समूहले पनि रु दुईदेखि रु चारसम्म प्रतिकिलोमा ढुवानी मूल्य जोडेर बीउ वितरण गरेको पाइएको छ । पालिकाले दिएको सहुलियत मूल्यमा चर्को मूल्य जोडेर बीउ वितरण गर्दा किसान मारमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: