Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

खबरडबली संवाददाता

किमाथाङ्का । जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । 

जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् । 

जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले)ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ ९३० बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित भएका छन् । उनले एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी भएका हुन् । विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पठाएका थिए । जिससको खुल्ला सदस्यमा  माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित भएका छन् । 

महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी भए । दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भएका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending