Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको समाचार आजको राजधानी दैनिकमा छ । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।

‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...

शीर्ष नेताहरू को कति सुरक्षित?

काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...

तीन एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...

बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...

तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE