बागलुङ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा रु १० मूल्य घटाउँदै प्रतिलिटर रु १७० मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।
सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय जसो बन्द अवस्थामा देखिन्छन् । बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनीहरूले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने बताउँदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउँछन् ।
बागलुङमा आइतबार दिउँसोदेखि बन्द भएका पेट्रोल पम्प सोमबार दिउँसोसम्म बन्दै अवस्थामा छन् । बागलुङमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरी साधनहरू छिमेकी जिल्ला पर्वत पुग्ने गरेको पाइएको छ । जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुनथाले आफूहरूले अनुगमन गर्ने बताएका छन् । “मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनुनपर्ने, उतैबाट नआएर हो कि, व्यवसायीको चलाखी हो”, सहायक प्रजिअ पौडेलले भने, “हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ, डिजेल तथा पेट्रोल भएरसमेत अभाव सृजना गरेको भए कारबाही हुन्छ ।”
उहाँले पेट्रोलियम पदार्थ मात्रै नभएर अन्य उपभोग्य वस्तुको समेत कालोबजारी भए तुरुन्तै कारबाही गर्ने बताए । आइतबारसमेत सार्वजनिक बिदा दिन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको बागलुङस्थित न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक ध्रुव गौतमले बताए ।
उहाँले आयल निगम लगातार शनिबार र आइतबार बन्द हुँदा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएको भन्दै मागको आधा मात्रै पेट्रोलियम पदार्थ आउँदा वितरण प्रणालीमा समस्या भएको बताए। “हामीले माग गरेअनुसार पेट्रोल नआउँदा समस्या भयो, अहिले आयल निगम दुई दिन बन्द हुन्छ, त्यसैले समस्या परेको हो मूल्य घटाएर वितरणमा समस्या आएको हैन”, गौतमले भने, “हामीले आएको पेट्रोलियम पदार्थ बिक्री वितरण गरेका छौँ, आउँदै नआएपछि पम्प बन्द गर्नुको विकल्प छैन ।”
जिल्लामा पेट्रोलिमय पदार्थको सहज भएको समयमा खरिद गरेर राख्ने र अहिले अभाव हुँदा बढी मूल्य लिएर बिक्री गर्ने विचौलियाहरूसमेत मौलाई रहेको भए पनि अनुगमन हुँन नसक्दा त्यस्ता विचौलियाले प्रश्रय पाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: