Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

नेपाली रेलमा एसिड पोखिएर सामान्य आगलागी

खबरडबली संवाददाता

जनकपुर । नेपाली रेलमा प्रतिबन्धित एसिड पोखिएको छ । बिहीबार दिउँसो जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा एसिड पोखिएर सामान्य आगलागी भएको हो ।

आगोले एक जना महिलालाई सामान्य जलन भएको पनि नेपाल रेल्वे कम्पनीले जनाएको छ । 

नेपाल रेल्वे कम्पनीका प्रबन्धन निर्देशक निरन्जन झाले भने 'कुनै यात्रुले सामान राख्ने ठाउँमा एसिडको बोतल राखेका रहेछन्, त्यही खसेर धूवाँ देखिएको हो । आगलागी नै भएको होइन । दुईरतीन थोपा एसिड पोखिएर धूवाँ देखिँदा यात्रुहरूले आगो लाग्यो आगो लाग्यो भनेर चिच्याएका हुन्,' उनले भने । रेल रोकेको बेलामा एसिड ल्याउने व्यक्ति भने भागेको उनले बताए । 

एसिडसँगै खाना पकाउने सानो ग्यास सिलिन्डर पनि भेटिएको झाले बताए । सिलिन्डर लिएर आउने महिलालाई भने भारतीय रेल्वे सुरक्षा बल(आरपीएफ) ले नियन्त्रणमा लिएको उनले जानकारी दिए । 'दुई जना महिला, एक पुरुष सिलिन्डर पनि लिएर आएका रहेछन् । महिलालाई सुरक्षा बलले नियन्त्रणमा लिएको छ । पुरुष भने फरार भएका छन् । पुरुष भागेकाले एसिड पनि उनीहरूकै हो कि भन्ने आशंका उब्जिएको छ,'महाप्रबन्धक झाले बताए ।

घटनाका बारेमा थप जानकारी प्राप्त हुने उनले बताए । भारतीय सुरक्षाकर्मीको कडा निगरानीबीच पनि रेलमा प्रतिबन्धित सामग्री कसरी प्रवेश गराइयो भन्नेबारे भारतीय पक्षसँग सोधिने उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...

विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाइने, कोठा–भवन–जमिन नदिने निर्णय

विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने

क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending