Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

‘अध्ययन बिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’

खबरडबली संवाददाता
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औँल्याए । 
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले  बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे । अर्थशास्त्री खतिवडाले भने, “बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन्, तर त्यसको व्यवहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो, बिना अध्ययन गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न हुनसक्छ, त्यसैले जुनसुकै कार्यक्रम योजना तर्जुमा गर्दा त्यसको पृष्ठभूमि र भविष्यबारे अध्ययन र समीक्षा गरेर समावेश गरिए मात्रै फलदायी हुन्छ ।”
 
बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेश गर्दै उनले  प्रर्याप्त अध्ययन र बिना तयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने तथा यसले देशको आर्थिक विकासमा समस्या उत्पन्न हुने खतरा औँल्याए  ।
 
उनले नेपालको बजेट कार्यक्रम ‘आइडेन्टिफिकेसन, इभ्यालुसन र इम्प्लिटेशन’ जस्ता तीन विषयमा चुकेका कारण नै हरेकजसो बजेट सफल कार्यान्वयन हुन नसकेको टिप्पणी गरे  ।
 
आव २०७९/८० बजेटमा उत्पादन विशेष त्यसमा पनि प्रदेश विशेष उत्पादनलाई प्राथमिकता दिइनु स्वागतयोग्य कुरा हो भन्दै उनले तदसम्बन्धी योजना कार्यक्रम कार्यान्वयनका आधार के र कसरी हुन्छ भनी प्रश्न गरे । खतिवडाले निर्यात प्रवद्र्धनमा आकर्षक कार्यक्रम ल्याउन नसकिएको र निजी क्षेत्र पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नभएकाले नेपालमा हरेक वर्ष आयात बढेर व्यापार घाटा भइरहेको उल्लेख गरे । छिमेकी मुलुकसँग व्यापार घाटा कम गर्ने उपाय खोजेर उत्पादनमूलक उद्योगको प्रवद्र्धन गरिएको खण्डमा देशको अर्थतन्त्र सुधार हुने उनको भनाइ छ । 
 
उनले नेपालको आर्थिक विकासलाई तीव्रगतिमा अघि बढाउन कृषि उत्पादन, उत्पादनमूल उद्योगको विस्तार र प्रवद्र्धन तथा सूचना प्रविधि तथा सेवामूलक क्षेत्रलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए  । 
 
“सेवाक्षेत्र र उद्योगलाई सँगै अघि बढाउन सकिए मात्र नेपालको अर्थतन्त्रले प्र्रगति हासिल गर्छ, उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएकै कारण, सिङ्गापुर, स्वटीजरल्याण्डजस्ता मुलुकले आर्थिक प्रगति गरेका हुन्, नेपालले पनि विकासको प्रक्रियामा ती मुलुकका असल अभ्यासलाई अवलम्बन गरेर अर्थतन्त्रको दायरालाई फराकिलो बनाउने प्रसस्त आधार छन् ”, उलने बताए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending