Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

राष्ट्रियसभा बैठकः बजेट कार्यान्वयनमा सांसदहरुको जोड, कसले के भने ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नेपाली कांगे्रसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकता साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिन् । उनले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा ९एकीकृत समाजवादी० का सांसद मदनकुमारी शाहले समग्रमा बजेट सकारात्मक रहेको भन्दै ठूला परियोजनामा रकम छुट्याउने र खर्च नहुने परिपाटीको अन्त्यका लागि ध्यानाकर्षण गराए। उनले कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस कार्यक्रम समावेश हुन नसकेको टिप्पणी गरे । नेकपा माओवादी केन्द्रका उदयबहादुर बोहराले बजेट जनभावनाअनुरुप रहेको र कृषि उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैको साथ चाहिने खाँचो औंल्याए ।

सोही दलका सांसद सुरेशआलेमगरले बजेट उत्कृष्ट आएको र यसले कृषि उत्पादन बढाउने, पर्यटनमा छुट दिनेलगायत विषयलाई सम्बोधन गरेको बताए। माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले मधेशी, दलित समुदायलाई बजेटले छुन नसकेको टिप्पणी गरे।

सांसद डा विमला राई पौड्यालले समग्रमा बजेट राम्रो भएपनि यसको व्यावहारिक कार्यान्वयनमा चुनौति देखिने खतरा औंल्याइन् । नेकपा ९एमाले० का सांसद भैरवसुन्दर श्रेष्ठले भनिन्, “बजेटमा स्रोतको सुनिश्चितता छैन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ, ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर घटाएर ६८ मा झारिएको छ, तर त्यसको आर्थिक भार कति हुन्छ भन्ने लेखाजोखा गरिएको छैन, त्यसैले बजेट बढी महत्वाकांक्षी भयो कि ?”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending