Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

धनगढीको गेटामा यसै वर्षदेखि तीन सय श्ययाको अस्पताल सुरु हुने

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए । 

गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो । 

नेपाली कांग्रेसका नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो । 

उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० श्ययाको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भने। 

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० श्ययाको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो । 

उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल,  पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो । 

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेत्री राणा विगत एक वर्षदेखि पहल गर्दै आएका छन्। 

डा राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भएअनुसारको रु दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनमा डा देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

कम्तीमा ३०० श्यया रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भई स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गरेका थिए। सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहका चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ । 

स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ । “यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज र ३०० श्ययाको अस्पताल सञ्चालनमा आउँछ”, स्वास्थ्य सचिव डा पोखरेलले भन्नुभयो । गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो । 

भौतिक पूर्वाधार सम्पन्न भएपछि डा देउवाको अगुवाइमा अस्पताल सञ्चालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीतिअनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो । गेटा सुरु भएलगत्तै सुदूरपश्चिम क्षेत्रका सयौँले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एक महत्वपूर्ण काम हुने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

राजविराज कारागारमा ड्युटीका क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...

राजविराजका पाँच हजारभन्दा बढी मूलवासी लालपुर्जाविहीन, ४८ दिनदेखि आन्दोलन जारी

राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...

प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...

पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...

संवैधानिक परिषद् बैठक आज साँझ, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...

सरकारको सय दिनको उपलब्धि जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending