Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मधेसमा खस्कियो माओवादी, महोत्तरी र पर्सामा खाता खोल्नै सकेन

खबरडबली संवाददाता

जनकपुर । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा पाँचौँ शक्तिको रूपमा सीमित भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड गुमाएको हो ।

सम्पन्न निर्वाचनम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले ठूलो शक्ति बनेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपालि १० वटा स्थानीय तह गुमाएको छ ।

माओवादीले मधेस प्रदेशका आठवटा जिल्लामध्ये महोत्तरी र पर्सामा खातासमेत खोल्न सकेन । जबकि अघिल्लो निर्वाचनमा सो पार्टीले महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका सहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको थियो ।

माओवादी केन्द्रले गत २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुईवटा पालिकामा मात्रै आफ्नो साख जोगाउन सकेको छ । विसं तत्कालीन चुनावमा मधेस प्रदेशका १३६ पालिकामध्ये १९ पालिकाको प्रमुख र उपप्रमुख दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै आफ्नो पुरानो साख जोगाउँदा बाँकी अन्य दलले खोसेका छन् । यसपालि ती १९ मध्ये दुई पालिकाको प्रमुख र उपप्रमुखमा मात्रै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेस प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा १७ पालिकामध्ये धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादी केन्द्रले सिरहामा आफ्नो गढ बनाएको थियो । 

तर पाँच वर्षपछि भएको स्थानीय निर्वाचनमा त्यो साखलाई कायम राख्न सकेन र एउटा मिर्चैया नगरपालिकाको प्रमुख–उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको कर्जन्हा, धनगढीमाई र गोलबजार नगरपालिकामा एमालेले जितेको छ भने औरही र अर्नमा गाउँपालिका जनता समाजवादी पार्टी जसपाले खोसेको छ । 

अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेको सप्तरीमा भने माओवादी केन्द्रले यसपालिको चुनावमा सप्तरीको खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जितेको छ । अधिकांश स्थानीय तहहरूमा वडाध्यक्ष जितेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको माओवादी केन्द्रले यस पालिकाको स्थानीय तह निर्वाचनमा ती दुवै स्थानीय तह गुमाएको छ । 

यी स्थानीय तहमध्ये सहिदनगर नगरपालिका जसपा र विदेह नगरपालिका नेकपा एकीकृत समाजवादीले माओवादीबाट खोसेको छ । धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको बागमती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले बागमती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । 

तर सर्लाहीको हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको सङ्ख्या चार पु¥याएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर, यमुनामाई, कटहरिया माधवनारायणमा जित हासिल गरेको माओवादी केन्द्रले यसपालिको निर्वाचनमा ती सबै पालिका गुमाउँदा दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष मात्र जित्न सकेको रौतहटका माओवादी नेता जितेन्द्र श्रीवास्तवले जानकारी दिए ।

मधेस प्रदेशको तीन उपमहानगरपालिकामध्ये दुईवटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेकोे माओवादीले यसपालिको निर्वाचनमा भने बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख जितेको छ । 

पाँचदलीय गठबन्धनको भागमा परेपछि सिमरा उपमहानगरपालिकाको प्रमुख माओवादीले जित्दा उपप्रमुख कांग्रेसले जितेको छ ।

यी परिणामले पनि अघिल्लो चुनावमा भन्दा अहिलेको चुनावमा मधेस जिल्लामा माओवादी केन्द्र कमजोर भएको पुष्टि गरेको छ । यसरी माओवादी कमजोर हुनुका पछाडि विभिन्न कारण भए पनि मुख्य कारण पार्टीभित्रको आन्तरिक द्वन्द्व र पार्टी सङ्गठन सुदृढीकरणमा नेता कार्यकर्ताको ध्यान नपुग्नु नै रहेको विश्लेषकहरूको भनाइ छ ।

“हाम्रो आन्तरिक कलहको केन्द्रविन्दु नै मधेस प्रदेश नै हो”, माओवादीका नेता दिलीप साहले भने, “पार्टीभित्र विभिन्न समूह सक्रिय रहेकाले पनि चुनावी परिणाममा असर परेको हो ।” 

यसबाहेक मधेसमा एमालेको सक्रियता बढ्नु र माओवादीले नयाँलाई भन्दा पहिला जितेकैलाई उम्मेदवार बनाउनु पनि पार्टीको चुनावी परिणाम निराशाजनक आउनुको मुख्य कारण भएको उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending