काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्र्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिइन् । उनले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिइन् ।
नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने सुझाव दिए । उनले नेपालका परम्परागत सीप, पेसा, कला र संस्कृतिको संरक्षणका लागि सरकारको कार्यक्रम हुनुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पूर्ण संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिए । माओवादीका मायाप्रसाद शर्माले नीति तथा कार्यक्रममा पर्यटन र कृषिमा सरकारले अलि बढी ध्यान दिने कुरा राम्रो भएको र शान्तिप्रक्रियाको काम छिटो पूरा गर्नुपर्ने सुझाव दिए ।
एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिनाले हेटौँडा उद्योग, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने सुझाव दिइन् ।
यस्तै सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुनुका साथै एउटा मात्र धावनमार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव दिए ।
नेकपा (एमाले)का सांसद तुलसाकुमरी दाहालले जनताको भावनाविपरीत सरकारको नीति र कार्यक्रम आएको आफूलाई महसुस भएको र वर्षाको समयमा मानव जीवन अस्तव्यत हुने विषयलाई सरकारले ध्यान नदिएको बताइन् ।
एकीकृत समाजवादीका नन्दा चपार्इँले सुकुम्बासी समस्याको समाधान गर्नुपर्ने र प्रत्येक वर्ष कृषकलाई मलको अभाव हुने हुँदा नेपालमै मल कारखाना खोज्नुपर्ने सुझाव दिइन् ।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा, चैतभरिमा कोभिडविरुद्धको खोप लगाउने र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे त्यो काम पूरा गर्ने चरणमा भएको बताए । उनले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा राखे ।
माओवादीका सांसद राधेश्याम पासवानले स्वास्थ्य, शिक्षा, कृषिमा बढी जोड दिएको राम्रो नीति भएको र नागरिकताबाट वञ्चितलाई नागरिकता प्रदान गर्ने खालको राज्यको कार्यक्रम भएको बताए । माओवादीकै गोपीबहादुर सार्की (अछामी)ले सरकारको नीति तथा कार्यक्रम आत्मनिर्धारमुखी भएको तथा पूर्वाधार विकास, रोजगारी र स्वास्थ्य शिक्षालाई ध्यान दिएको बताए ।
एमालेका अर्का सांसद इन्दु कडरियाले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म खाजाको व्यवस्था गर्ने भनिएको तर गुणस्तरीय शिक्षालाई ध्यान दिएको नदेखिएको धारणा राखे ।
कांग्रेसका सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रम राम्रो भएको र श्रमको सम्मान गर्ने खालको बजेट भएको तथा शिक्षा र स्वास्थ्यका विषय सर्वसुलभ उपलब्ध गराउने खालको हुनुपर्ने सुझाव दिए ।
राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: