Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

बालेनलाई बधाई छ अब एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ : करिश्मा मानन्धर

'नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष'

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगर प्रमुखमा विजयी घोषणा हुने तयारीमा रहेका बालेन साहलाई बधाई दिएकी छिन्। 

‘जनताको मत त्यता आकर्षित हुन्छ जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन्। काठमाडौं माहानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ।’ उनले लेखेकी छिन्।

उनले एमालेबाट उपमेयरमा निर्वाचित हुन लागेकी सुनिता डंगोललाई पनि बधाई दिएकी छिन्। 

आफू पार्टीमा नयाँ सदस्य भएका कारण आन्तरिक कुरा कम थाहा हुन सक्ने भन्दै उनले चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्ने  पनि बताएकी छिन्। 

‘पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठेरोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निःस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ' उनले लेखेकी छिन्, ‘किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुँदाहुँदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तर्घातका कारण यथोचित सफलता हाँसिल गर्न सकिएन।’

उनले धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रहेको भन्दै कतै उम्मेदवार छनोट पो गलत भयो कि१ भन्ने आशंका पनि गरेकी छिन्। 

'समय परिवर्तनशील छ, हिजो जे थियो आज छैन, आज जे छ भोलि हुँदैन' उनले लेखेकी छिन्, 'त्यसैले हिजोको एमालेलाई आज र भोलि उस्तै सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ। आउँदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्‍याउनु पर्छ।'

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending