तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।
तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, “जनप्रतिनिधिका काँधमा ठूलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।”
स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राखे ।
कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिए। प्रत्येक वडामा पाँच ठूला आयोजनाको सूची तयार गर्न आग्रह गर्दै उनले त्यसका लागि सङ्घीय सरकारबाट बजेटको व्यवस्था गरिने बताए।
भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताए उनले सबैलाई समान ढङ्गले हेर्ने उल्लेख गदै विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने धारणा राखे।
भानु नगरपालिकाका नवनिर्वाचित उपप्रमुख उमा गोतामेले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताए । नगरप्रमुख त्रिपाठीले आजै जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरी कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...
आषाढ़ १९ गते, २०८३ - १४:५७
राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...
आषाढ़ १९ गते, २०८३ - १४:४२
काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...
आषाढ़ १९ गते, २०८३ - १४:३१
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...
आषाढ़ १९ गते, २०८३ - १४:१९
काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...



प्रतिकृया लेख्नुहोस्: