Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

ललितपुरमा काँग्रेसको अग्रता कायमै

खबरडबली संवाददाता

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पघिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ७०० र उनका निकटतम प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उनका निकटतम प्रतिष्पर्धी नेकपा ९माओबादी केन्द्र० का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाउनुभएको छ । हालसम्म १३ वटा वडाको मत गणना हुँदा आठ वडामा अध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा ९एकीकृत समाजबादी०का दुईदुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

कांग्रेसबाट नं ४ मा सञ्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादूर महर्जन र ८ मा  बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिन ब्यञ्जनकार, ११ अरोजकुमार खड्की र १४ मा अमृतजङ्ग महत विजयी भएका छन् । वडा नम्वर २ मा एकीकृत समाजबादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नम्वर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नम्वर ५ मा एमालेका विकासमान श्रेष्ठ र १२ मा नारायणलाल अवाले विजयी भएका छन् । हाल वडा नम्वर ९, ११ र १२ को गणना जारी छ । 

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म १३ वटा वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकोमा शनिबारदेखि मतगणना शुरु भएको थियो । शुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल चार वडाको एकै पटक गणना भइरहेको छ । हाल वडा नम्वर १३, १५, १६ र १७ को गणना जारी छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्धनका लागि प्रभावकारी रूप...

मानव अधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारको धारणा

काठमाडौं । नेपाली कांग्रेस ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनबारे सरकारसँग आधिकारिक धारणा माग गर...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश: सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चाल...

बाँकेमा बकर इद धुमधामका साथ मनाइँदै

नेपालगन्ज। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलि...

पोखराको पृथ्वीचोक क्षेत्रमा डोजर, राजनीतिक दलनिकट संगठनका संरचना हटाइँदै

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि रहेको संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना ...

विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र...

स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

दमक। झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स...

सुन मुल्य तोलामा साढे ५ हजार रुपैयाँले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ। बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैया...

वीरगन्जमा यौन व्यवसाय फस्टाउँदै, ६ जना पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending