Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हालसम्म ३ सय ३५ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

खबरडबली संवाददाता

काठमाडौँ ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ मा जित हासिल गरी ७१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा आठ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा एक स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले सात स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले एक हजार ७२२ मा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार ३१९ मा जित हासिल गरी ११४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा ७४२ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १ हजार ४२७ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले महिला सदस्य पदमा ६९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३०६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६४० मा जित हासिल गरी १०४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले एक हजार ४०१ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले दलित महिला सदस्य पदमा ७१० स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १८५ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले २९६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार ३८८ मा जित हासिल गरी १०३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले दुई हजार ८८८ स्थानमा जित हासिल गरी १२३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले वडा सदस्य पदमा एक हजार २९४ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले सो पदमा २४४ स्थानमा जित र छ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचन कसुरमा कारवाही गर्न निर्देशन

यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजय ऐन, २०७३  कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies