Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

नेप्से परिसूचक उच्च अङ्क ८४.९ ले घट्यो

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ ।

कारोबार भएका २२१ कम्पनीको  ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ३७.९५, व्यापार ६०.८६, होटल तथा पर्यटन ७७.०८, विकास बैंक १६३.६९, जलविद्युत् १४२.५, वित्त १०१.८७, निर्जीवन बीमा ४८५.८१, उत्पादन ११३.१९, अन्य १०९.५५, लघुवित्त १४३.२८, जीवन बीमा ५९२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.५९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७९ लाख नौ हजार ५१३ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ६९ लाख ५१ हजार १२७, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ५६ लाख ३४ हजार २७९, सूर्य लाइफ इन्सुरेन्स रु पाँच करोड ५२ लाख ६५ हजार १८१ र माथिल्लो तामाकोसी रु पाँच करोड १९ लाख ७२ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त ४.९६, बोटलर्स नेपाल २, एनआइबिएल समृद्धि फन्ड १.६६, सनराइज फस्ट म्युचुअल फन्ड १.०४ र एनएमबी ५० का लगानीकर्ताले ०.९३ प्रतिशतले कमाए । त्यस्तै, युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय बोमी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले गुमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८४ र इमर्जिङ नेपाल ९.५६ प्रतिशतले गुमाए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending