काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकि छन् । उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जताउन र गठबन्धनको पक्षमा दरिलो भएर उभिन आम जनसमुदायलाई आग्रह गरिन् ।
माओवादीले काठमाडौँको पूर्वी नगर शङ्खरापुरमा आज आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै नेत्री भुसालले भने, “जनतालाई सीप उपलब्ध गराउने र सोहीअनुसारको व्यवसाय तय गरेर आर्थिक सामाजिक उन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई मत प्रदान गर्न आग्रह गर्दछु ।” उनले शिक्षा र स्वास्थ्यले समाजको वर्गीय धरातल झनै फराकिलो बनाउँदै लगेको भन्दै स्थानीय तहले सो क्षेत्रको गुणस्तर सुधारेर आफ्ना जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री भुसालले भनिन्, “सबैले सबैसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ, अनिमात्र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्छौँ । संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा जान सक्छौँ । सोही जिम्मेवारीलाई उम्मेदवारले गहनरूपमा लिनुपर्छ ।” जनताको इच्छा र आकाङ्क्षामा एकाकार भएर आफ्नो पार्टी अगाडि बढ्ने विश्वास दिलाउँदै उनले माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा नगरको विकास गर्ने र एतिहासिक शङ्खरापुरलाई ‘हेरिटेज सिटी’का रुपमा विकास गरिने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:३९
हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...
चैत्र ८ गते, २०८२ - १६:२९
ललितपुर। सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह सुरु गरेको छ । ...
चैत्र ८ गते, २०८२ - १६:१५
काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...
चैत्र ८ गते, २०८२ - १५:५८
काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...
चैत्र ८ गते, २०८२ - १५:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...
चैत्र ८ गते, २०८२ - १५:०५
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...
चैत्र ८ गते, २०८२ - १४:५३
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...
चैत्र ८ गते, २०८२ - १४:२३
कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...


प्रतिकृया लेख्नुहोस्: