Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

'हिजो व्यवस्था परिवर्तन गर्न लडेँ, अब अवस्था परिवर्तनका लागि लड्छु' (अन्तर्वार्ता)

भूमिहिनलाई सधैं लालपूर्जाको सपना बाँड्ने तर काम नहुने अवस्था देखियो

खबरडबली संवाददाता

स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा दल तथा दलका उम्मेदवारहरु मत माग्न मतदाताको घर-घर पुगिरहेका छन्।

चितवनको कालिका नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सबिता लामा पनि अहिले घर दैलोमा व्यस्त छिन्। सामाजिक कार्य हुँदै राजनीतिमा लागेकी सबिता सत्ता गठबन्धनमा उपमेयरको उम्मेदवार बनेकी हुन्। गठबन्धनबीच चुनावी तालमेल हुँदा कालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पायो। माओवादीले सबितालाई योग्य ठानेर उम्मेदवार बनाएको छ ।

कालिकाका जनता माझ लोकप्रिय सबितासँग १० वर्षे जनयुद्धको अनुभव छ। व्यवस्था परिवर्तनका लागि १० वर्षे जनयुद्धमा होमिएकी सबिता अहिले अवस्था परिवर्तनका लागि भन्दै चुनावी मैदानमा होमिएकी छन्। प्रस्तुत छ तिनै सबितासँग गरिएको कुराकानीको सम्पादित अंश :

कालिकाको उपमेयरमा तपाईको उम्मेदवारी किन?

कालिका चितवनको पनि अली ग्रामीण भूभाग हो। यहाँ जनजाती र भूमिहिन तथा सुकुमबासीहरुको अली बढी बसोबास छ। गत चुनावमा भूमिहिनहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले प्रतिवद्धता अनुसार काम गरेको पाईएन।

भूमिहिनलाई सधैं लालपूर्जाको सपना बाँड्ने तर काम नहुने अवस्था देखियो। यसैको लागि म यस पटक उपमेयरको रुपमा चुनावमा होमिएको हुँ। यससँगै यहाँका महिलाहरुको पनि अनेकौं समस्या छन् भने वर्षामा डुबानको समस्या पनि अझै ज्युँकात्युँ छ। यसलगायात समग्र यो नगरको बिकासका लागि मैले आफ्नो उम्मेदवारी दिएकी हुँ।

यहाँको मुख्य समस्याहरु के छन् ?

मैले अघि पनि भने यहाँको मुख्य समस्या भनेकै भूमिहिन र सुकुमबासीहरुको हो। देशका बिभिन्न पालिकामा भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा पाइरहँदा यहाँका जनताले अझै पाउने प्रक्रिया नै सुरु भएको छैन। यस कारण यहाँका भूमिहिन सुकुम्बासीहरुले वर्षौंदेखि धेरै समस्या झेल्नु परेको छ। जग्गा राखेर केही गरौं भने लालपूर्जा छैन। यही कारण उहाँहरु आत्मनिर्भर हुने अवस्था छैन। मुख्य समस्या यो भयो।

सँगै अघि भने जस्तै डुबानको समस्या छ। पदमपुरको बिभिन्न वडा डुबानमा पर्ने तर रोकथामको योजना केही अघि बढेको देखिदैन। समस्या छ भन्ने मात्रै तर निकासको बाटो के हो त भनेर योजना बनेको छैन। डुबानमा परेका क्षेत्रका जनतालाई राहत दिन्छु भन्ने तर नदिने। सधैं राहतको आश्वासन मात्रै दिने हो कि दिर्घकालिन समाधान पनि खोज्ने हो? दीर्घकालीन समाधान खोज्नु पर्यो नि।

यदि म लगायत हाम्रो गठबन्धन विजयी भयो भने हामी दिर्घकालिन समाधानको योजना बनाएर अघि बढ्छौं भन्ने प्रतिवद्धता जनाएका छौं। फेरि प्रतिवद्धता जनाएर हात बाँधेर बस्ने होइन। हामी फिल्डमा उत्रिन्छौं र नगरबासी सामु गरेको प्रतिवद्धता अनुसार काम गर्छौं भन्नेमा ढुक्क हुनुहोस्। जङ्गली जनावरबाट पनि यहाँका जनता त्यतिकै पीडित छन् । यसको पनि समाधान खोज्छौं ।

दश वर्षे जनयुद्धमा तपाई जनमुक्ति सेनाको रुपमा होमिनु भयो। अहिले जनप्रतिनिधिको रुपमा काम गर्न चुनावी मैदानमा होमिनु भएको छ। यी दुई फरक पाटो भए। स्थानीय सरकारको प्रतिनिधिको रुपमा काम गर्ने क्षमता तपाईमा छ जस्तो लाग्छ?

हिजो व्यवस्था परिवर्तनका लागि जनयुद्धमा होमिएँ। दश वर्षे जनयुवद्धमा जनमुक्ति सेनामा रहेर लडेँ। त्यस बेला पनि महिलाले लड्न सक्दैन भन्थे। तर हामी सँग-सँगै जनयुद्धमा सहभागी भएर लड्यौं। पुरुषले झै मैदानमा लड्यौं। सफल पनि भयौं। व्यवस्था परिवर्तन पनि गर्यौंु।तर व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तनको आभास भएको छैन। 

अहिले म किन चुनावमा होमिए भन्नुहुन्छ भने त्यो अवस्था परिवर्तनका लागि हो। दश वर्ष जनयुद्ध गरेर व्यवस्था परिवर्तन गर्न सक्यौं भने अवस्था परिवर्तन गर्न सक्ने क्षमता छैन भन्ने हुन्छ र? मुख्य कुरा इच्छाशक्ति हुनुर्योय। म त्यो इच्छा शक्ति बोकेर नै चुनावी मैदानमा होमिएको हुँ।

कालिकालाई कस्तो नगर बनाउने योजना छ?

पहिलो कुरा त कालिकालाई हामी भ्रष्टचारमुक्त नगरपालिका बनाउन चाहन्छौं। हामी विजयी भयौं भने बनाउँछौं पनि। भ्रष्टचारीलाई हाम्रो नगरपालिकामा प्रवेश निषेध गर्छौं। अघि पनि भने मैले कि यहाँका भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा दिएर यो हाम्रो आफ्नै घर हो बन्ने आभास दिलाउछौं।

चितवनको पनि अली ग्रामीण क्षेत्र भएकोले यहाँको सबै ठाउँमा शिक्षा स्वास्थ्यको सहज पहुँच छैन। शिक्षा स्वास्थ्यबाट कोही पनि बञ्चित हुन पर्ने अवस्था आउन दिने छैनौं। कालिकालाई नमूना पालिका बनाउछौं। एक जना पनि नगरबासीको शिर निहुरिने अवस्था आउन दिने छैनौं। यो भन्दा बढी त अब के भनौं।

हिजोका दिनमा जनयुद्धमा होमिदा र अहिले जनप्रतिनिधिको रुपमा होमिदै गर्दा कतिको चुनौतीपूर्ण देख्नुभएको छ?

चुनौती त हेर्नुहोस् हरेक क्षेत्रमा हुन्छ। चुनौती छ बनेर चुप लागेर बस्ने कि सामना गर्न अघि बढ्ने। हिजो जे लक्ष्यका साथ दश वर्षे जनयुद्धमा होमिएको थियौं। त्यो पनि चुनौतीपूर्ण नै थियो। चुनौती छ भनेर त्यही बेला चुप लागेर हात बाँधेर बसेको भए व्यवस्था परिवर्तन सम्भव थिएन। त्यसबेला पनि चुनौतीको सामना गर्यौंा अहिले पनि सामना गर्न तयार छु। म चुनौतीलाई अवसरको रुपमा लिन्छु।

अब महिला भएको हिसाबले गर्न सक्दैन भनेर दबाउन खोज्ने त अझै पनि छन्। तर लिङ्गको आधारमा गर्न सक्छ सक्दैन भनेर दाँज्ने हो कि क्षेमता हेर्ने हो। हिजोको दिनमा ओनसरी घर्ती मगर हामीसँगै जनयुद्धमा होमिनु भएको हो। उहाँले अवसर पाउनु भयो। सभामुखको रुपमा कुशलतापूर्वक काम गर्नुभयो। महिला भएकै हिसाबले अवसर कम पाउने हो। तर अवसर पायौं भने हामी कोही भन्दा कमजोर छैनौं। र म निर्वाचित भएर महिला पनि कोही भन्दा कम छैन है भनेर प्रमाणित गर्न चाहन्छु।

दश वर्षे जनयुद्ध गर्नुभएको तपाई जनप्रतिनिधिको रुपमा काम गर्नका लागि चुनावी मैदानमा उत्रिनु भएको छ। तपाईकै पालिकामा तपाईहरुसँगै जनयुद्ध लडेका धेरैको अवस्था दयनीय छ। तपाई निर्वाचित हुनुभयो भने सँगै लडेका ति साथीहरुका लागि के गर्नुहुन्छ?

यो प्रश्न पक्कै पनि गम्भीर छ। हिजो व्यवस्था परिवर्तनका लागि लड्यौं। व्यवस्था परिवर्तन त भयो तर अवस्था परिवर्तन हुन सकेन। दु:खका साथ भन्नुपर्छ हामी सँगै लडेका धेरै योद्धाहरु अझै शरीरमा गोली बोकेर बस्नु परेको अवस्था छ। हाम्रो यही कालिकामा त्यस्ता घाइते साथीहरु धेरै छन्। उहाँहरुको व्यवस्थापन हुन सकेको छैन। पार्टी सरकारमा पुग्दा पनि जति गर्नु पर्ने हो त्यति हुन सकेको छैन।

कयौं बेरोजगार छन्। कति जना मजदुरी गरेर मुस्किलले बिहान बेलुकाको छाक टार्नु परेको छ। म निर्वाचित भए भने यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाएर अघि बढ्छु। अब सबै स्थानीय सरकारले नै गर्न सक्ने अवस्था नहोला। यहाँबाट जति गर्न सकिन्छ गर्ने रप्रदेशदेखि केन्द्रसम्म पहल गर्ने काम मैले पक्का गर्नेछु। ती घाइतेहरुको उपचारको कुरा होस् या सीप सिकाएर स्वरोजगार बनाउने होस्। के कसरी गर्न सकिन्छ हामी गर्नेछौं।

फेरि यसो भनिरहँदा अरु बिषय ओझेलमा पर्छन् भने होइन। म निर्वाचित भए भने म समग्र पालिकाको प्रतिनिधि हुन्छु। सबै जनता मेरो लागि समान हुन्। सबै जनतालाई समान व्यवहार गरेर अघि बढ्छु। सँगै मलाई कसले आफ्नो मत दिए कसले दिएनन् भनेर भेदभाव गर्दिनँ। मलाई मत दिने नदिने सबैलाई समान व्यवहार गर्छु।

तपाई आँफै महिला उम्मेदवार। तपाई विजयी हुनुभयो महिलाका लागि के गर्नुहुन्छ?

महिलाको बिषयमा हिजोको भन्दा आजको अवस्थामा केही नै केही परिवर्तन त आएको छ। तर जे जति हुनुपर्ने त्यही भएको छैन। अझै पनि महिलाहरु आत्मनिर्भर हुन सकेका छैनन्।महिलालाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न सीपमुलक तालिमहरु गर्न सकिन्छ।

सुन्दा सामान्य लाग्न सक्छ तर यसले महिलाको अवस्थामा धेरै परिवर्तन ल्याउन सक्छ। सामान्य लाग्ने धेरै कुराहरु छन् जसले महिलालाई अघि बढाउन ठूलो भूमिका खेल्छ। त्यस्ता बिषयहरुलाई योजना बनाएर कार्यान्वयन गर्छौं। शिक्षा स्वास्थ्यमा महिलाको पहुँच सहज बनाउन सकिन्छ।

महिलाहरुको समस्या के छन् भनेर उहाँहरुबाटै सुन्छु। यसो गर्दा खास समस्या के हो भनेर पहिचान गर्न सकिन्छ र त्यही अनुसार त्यसको समाधानको बाटो खोज्न सकिन्छ। अहिले नै म धेरै ठूला कुरा गर्दिनँ। मलाई ठूला कुरा गर्न पनि आउँदैन। विजयी भए भने काम गरेर देखाउँछु।

चुनावको समयमा उम्मेदवारहरु मतदाताको घर-घर पुग्ने, अनेक सपना बाँड्ने तर विजयी भएपछि वेवास्ता गर्ने गुनासा सधैं जसो सुनिन्छ। उम्मेदवारहरुले मतदाताको विश्वास गुमाउँदै गएका छन्। यस्तो अवस्थामा मतदाताले तपाईलाई किन विश्वास गर्ने? के छन् आधार?

पहिलो कुरा २०-२२ वर्ष भयो म सामाजिक र राजनीतिक क्षेत्र लागेको। म अहिले चुनावको समयमा मात्रै मतदाताको घर-घर पुगेको होइन। म यसअघि पनि सामाजिक कार्य गर्दै निरन्तर उहाँहरुको घर-घरमा पुगेको छु।

अर्को कुरा मतदाताभन्दा पहिला उहाँहरु मेरो आमा बुवा, दाजुभाई, दिदी बहिनी हुनुहुन्छ। अहिले उहाँहरुसँग मताधिकार छ। त्यो बिशुद्ध उहाँहरुको अधिकार हो। अहिले उहाँहरुले आफ्नो अधिकार प्रयोग गरेर मलाई जिताउनु भयो भने उहाँहरुको मन जित्ने गरी काम गर्ने कर्तव्य मेरो हो।

र यदि मैले प्रतिवद्धता अनुसार काम गरिनँ भनेर किन काम भएन भनेर प्रश्न गर्ने अधिकार उहाँहरुसँग सुरक्षित छ। कुनै पनि बेला उहाँहरुले प्रश्न गर्न पाउनु हुन्छ। तर म विश्वस्त गराउन चाहन्छु कि त्यो दिन आउन दिने छैन।

मैले जिते भने त्यो जित मेरो मात्र हुनेछैन। ती सुकुम्बासीहरुको जित हुनेछ। बिकासप्रेमीहरुको जित हुनेछ। पिछडिएका वर्गको जित हुनेछ। समग्र नगरपालिकाको जित हुनेछ। म विजयी भए भने जनताको सेवकको रुपमा काम गर्नेछु।

अर्को कुरा के हो भने म काममा विश्वास गर्ने मान्छे हुँ। मैले ठूलो सपना बाँडेको छैन र बाँड्दिन पनि। अहिले यो गर्छु त्यो गर्छु भनेर ठूला कुरा गर्ने तर काम गरिनँ भने जनताले मलाई लखेट्छन्। म काम गरेर देखाउँछु। यही नै हो आधार। म धेरै बोल्दिनँ, भोलि मेरो काम बोल्छ। सकेको म गर्छु।

स्थानीय तहबाट सकिन भने प्रदेशदेखि केन्द्रसम्म धाएर हुन्छ कि के गरेर हुन्छ म जनताको लागि काम गर्छु। म विजयी हुन सकिनँ भने पनि उहाँहरुलाई आवश्यक पर्दा जुनसुकै बेला सहयोग गर्न तयार छु। किनकि म मत मात्र जित्न आएको होइन। म मत सँगै जनताको मन पनि जित्न चुनावमा होमिएकी हुँ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: