Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी छ: लिङ्देन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गर्नुभएको छ । राप्रपा भक्तपुरले चाँगुनारायणमा आज आयोजना गरेको चुनावी सभामा उनले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गरे ।

उनले भ्, “अस्ति देखापढी गरेर हामीलाई एकचोटि भोट दिनुस्, अर्कोचोटि तपाईंलाई दिन्छौँ भनेर भोट लिएर सांसद, मन्त्री हुने र जनतालाई धोका दिएर केही नगर्ने इमान नभएका व्यक्ति हुन्, त्यस्तालाई भोट नदिनुस्, जनताको साथमा हुने नेतालाई मात्रै भोट दिनुहोस् ।” उनले चाँगुनारायणको विकासमा स्थानीय सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै काठमाडौँ उपत्यकाभित्र भएर राजधानीसँग जोडिएर भक्तपुर जिल्लाको विकासको हालत देख्दा विरक्त लागेर आएको बताए । 

जनताले यहाँ बाटो चाहियो, यस्तो चाहियो, उस्तो चाहियो भनेर गुनासो गर्ने ठाउँ राप्रपाले नदिने भन्दै उनले राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी भएको जिकिर गरे । राप्रपा एक मात्रै वैकल्पिक शक्ति भएकाले अब एक पटक राप्रपालाई हेर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “भोट त एक पटक राप्रपालाई नै दिन मन थियो, तर आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एक पटक हामीलाई दिनुस् ।”

कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदवार रवीन्द्रप्रताप शाहले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, युवायुवतीका लागि रोजगार, किसानलाई पेन्सनको व्यवस्था गर्ने, बाटो, खानेपानी र जनताको आधारभूत आवश्यकता पूरा गर्ने र भेदभावरहित समाजको निर्माण गर्ने बताए। राप्रपाले भक्तपुरमा चार वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending