धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताएका छन्।
धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताएको हो ।
चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे।
प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताए ।
उनले भने संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’
देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताए।
देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताए ।
प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...
पौष ८ गते, २०८२ - ११:३८
काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...
पौष ८ गते, २०८२ - ११:३०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...
पौष ८ गते, २०८२ - ११:२०
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...
पौष ८ गते, २०८२ - ११:०२
काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...
पौष ८ गते, २०८२ - १०:५४
काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...
पौष ८ गते, २०८२ - १०:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...
पौष ८ गते, २०८२ - १०:१९
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...




प्रतिकृया लेख्नुहोस्: