काठमाडौं । रुकुम पश्चिममा कांग्रेस माओवादी झडपपछि संयुक्त रुपमा स्वच्छ प्रतिष्पर्धाको अपील जारी गरेका छन्।
अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलहरुबीचको छलफलमा जिल्लामा शान्तिपूर्ण प्रतिस्पर्धा भएको आइतबार अबेर जारी संयुक्त अपिलमा उल्लेख गरिएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका र नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले संयुक्तरुपमा जारी गरेको अपिलमा गठबन्धनको भावना पालना गर्न आग्रह गरेका छन् ।
दिनहुँजसो झडप भइरहेको रुकुम पश्चिममा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन र संयमित रुपमा प्रस्तत हुन नेताहरूले आग्रह गरेका छन्।
‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन' अपिलमा भनिएको छ, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: