Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

‘हाम्रीले जिते स्थानीयको दैनिकीमा सुधार ल्याउने गरी काम गर्छौं’

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरको दक्षिण भेगमा पर्ने बागमती गाउँपालिकाका उम्मेदवार चुनावी प्रचारप्रसार घरदैलो व्यस्त छन् । यस्तै पालिकाको उपाध्यक्ष उम्मेदवार बनेका भक्तवहादुर दलार्मीले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । 

उनी स्थानीयको घरघरमा पुगेको छन् । आफ््नो चुनावी योजनासहित स्थानीयको घरधुरीमा पुगेका उनले आफू निर्वाचित भएपनि पालिकाको शिक्षा, सवास्थ्य, रोजगार, सडक पूर्वाधार जस्ता क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

दलार्मी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । गठबन्धनको तालमेलपछि पालिकाको उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको हो । त्यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका वीर वहादुर लोप्चन उम्मेदवार बनेका छन् । 

स्थानीय तहको चुनाव नजिकिँदै गर्दै दुवै उम्मेदवारहरु स्थानीयको घरघरमा पुगेर आफ्ना आगामी चुनावी योजनाका बारेमा जानकारी गराउँदै भोट मागिरहेका छन् । 

दलार्मीले आफ्ले यसपटक उपाध्यक्षमा जिते पालिकालाई शिक्षाको हव बनाउने, शिक्षामा सुधार ल्याउने, ग्रामिण जनताको आयस्तरमा सुधार हुने काम गर्ने, पालिकाको स्रोत तथा वित्तीय व्यवस्थापन गर्ने, कृषिलाई प्राथमिकतामा राख्ने, पालिकालाई जिम्मेवार र जवाफदेहि बनाउने, नीति योजना तथा प्रशासनिक सुधार ल्याउने, युवाहरुलाई रोजगार सिर्जना गर्ने लगायत योजना अघि सारेका छन् । 

उनले पालिका अध्यक्षसँग समन्वय गरी विगत थालनी गरेका योजनालाई पनि पूर्णता दिन लागि पर्ने बताएका छन्् । 

‘यस पालिकामा धेरै विकासमा काम गर्नुपर्ने देखिन्छ, यहाँको शिक्षा, स्वास्थ्य र कृषिमा बढी जोड दिने हाम्रो यसपटकको योजना छ,’ उनले भने, ‘यदी चुनावी जितियो भने स्थानीयको दैनिकीमा सुधार ल्याउने गरी काम गर्छौं ।’ 

उनले अघिल्लोे नेतृत्वले प्रभावकारी भुमिका निभाएको र पालिकाको विकासको रुपरेखा कोरेकोले अव त्यसलाई व्यवस्थित पार्न आफू लागिपर्ने जानकारी दिए । उनले गठबन्धन टिमले चुनाव जिते पालिकालाई कायापलट पार्ने बताए । 

यो गाउँपालिका राजधानी नजिक भएर पनि दुर्गम मानिन्छ । बागमती गाउँपालिकाका वडाहरु मकवानपुरसम्म जोडिएका छन् । यहाँको ग्रामिण जीवनशैली कष्टकर मानिन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending