Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

भरतपुरमा रेनुको पक्षमा माहोल, कांग्रेस नेता भन्छन् : हँसिया हथौडा झण्डा बोक्न लाज नमानौँ

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको मंगलपुर बजारमा पाँच दलीय गठबन्धनले आईतवार चुनाबी सभा सम्पन्न गरेको छ । सभामा पॉचदलिय गठबन्धनका उम्मेद्वार तथा नेताहरुले संविधान र लोकतन्त्रको रक्षाकालागि गरिएको भन्दै गठबन्धनका साझा उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेत्री तथा भरतपुर महानगरपालिका प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको ५ वर्षमा गठवन्धनको मर्म र भवना बमोजिम महानगरको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्र्ष पनि आफू नगरवासीको चाहना अनुसारको बिकास सुसाशन र सामाजिक क्षेत्रको बिकासको लक्षलिएर उगाडि बढेको भन्दै  पॉच दलिय गठवन्धनको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता गरेकी थिइन ।

उनले पाँच वर्षे कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको लगायत ,सिटी हल, पूलचोक गोन्द्राङ् व्यूटिफिकेशन सहितको सडक, चारलेनको बाईपास सडक, महानगरीय रिङ्रोड लिङ्क रोड, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, उज्ज्यालो भरतपुर अभियान जस्ता महत्वपूर्ण पूर्वाधारको शुरुआत गरिएको जानकारी दिइन् ।

भरतपुर विमानस्थलको स्तर उन्नती, देवघाटमा निर्माणाधीन शवदाह स्थललगायत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धी वितेको पाँच वर्षको गठबन्धनको परिणाम भएको बताइन् । 

आगामी कार्यकालमा निर्माणाधीन पूर्वाधार संगै नारायणी तटबन्धन, नारायणी नदी किनारको प्रस्तावित सीविच मोडेल, भरतपुर विमानस्थलको स्तर उन्नती, कोरियन सरकार संग भएको फोहर व्यवस्थापन सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार एवं पर्यटकीय सम्भावनाका क्षेत्रमा काम अगाडि बढाउने तयारीमा रहेको पनि बताइन् । 

शुरु गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरु योजना अनुसार अगाडि बढ्नको लागि पाँच दलीय गठबन्धनले गरेको निर्णय अनुसारनै आफुले दोस्रो कार्यकालको लागि उम्मेद्वार दिएको उनले प्रष्ट पारिन ।

महानगर प्रमुखकी उम्मेद्वार दाहालले आफ्नो एक मात्र उद्देश्य भरतपुरको सर्वाग्रिण विकास मात्र रहेको बताइन् र भनिन, शुरु भएका र प्रस्तावित काम सम्पन्न गरि देशकै नमूना र हेर्न लायक सहरको रुपमा भरतपुरलाई परिणत गर्नु मेरो पहिलो ध्यय हो । आगामी कार्यकालमा सबैको साथ र सहयोगले प्रक्षेपित लक्ष्य हाँसिल गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

उक्त चुनाबी सभालाई सम्बोधन गर्दै उप प्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले पाँच दलिय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको बिकास र सुसाशन कायम गर्ने संकल्पसहित चुनावी मैदानमा होमिएको बताए । उनले सानो गल्तीले पछि पछुताउनुको विकल्प नहुने भन्दै प्रतिगमन विरुद्धको यो लडाईमा पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई बिजय गराउन सबैसंग अनुरोध गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले पाँच दलीय गठबन्धन भित्र रहेर गठबन्धनका साझा उम्मेद्वारविरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । 

उनले हँसिया हथौडा, कलम र रुख चिन्हमा कुनै विभेद नगर्न,  चार तारे झण्डा होस या हसिँया हथौडा चिन्ह अंकित झण्डा होस जुन आइपर्छ त्यही बोकेर हिँड्न र हामी एउटा यात्रा र एउटै गन्तव्यका यात्री हौ भनेर एक अर्कोलाई भरोसा र विश्वास गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेस चितवनका पूर्व सभापति एवं केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले गठबन्धलाई टुटाउन सकिन्छ की, मतदाताहरूलाई भ्रमित पार्न सकिन्छकी भनेर गरिएका सम्पूर्ण भ्रम केही दिन यता समाप्त भएको बताए । 

उनले नेपाली काँग्रेसको संथागत निर्णय नमानी बागी बिद्रोही उम्मेद्वारी दिनेहरु काँग्रेस त रहेन रहेन सच्चा प्रजातन्त्रवादीनै हुन नसक्ने टिप्पणी गरे । र बाटो विराएका सबैलाई मूलधारमा फर्कन आग्रह गरे । गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायण दाहालले चितवनका ७ वटै पालिकामा पॉच दलिय गठबन्धनका साझा उम्मेद्वारको जीत सुनिश्चित भइसकेको बताए । भरतपुरमा गठवन्धनका साझा उम्मेद्वारलाई हराउने तागत कुनै पनि प्रतिगामी शक्ति संग छैन् । उनको भनाई छ ।  

पछिल्लो समय नेकपा एमाले र राप्रपा विचको गठबन्धनमा रहेकाहरुले आफ्ना उम्मेद्वारको भन्दा बढी काँग्रेसबाट बागी बनेका भूईकटहरको गर्न थालेबाट उनीहरु मानसिक रुपमा हार स्वीकार गरिसकेको संकेतले प्रष्ट भएको दाहालले बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता बिजय भुषालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यावस्था स्थापना गर्न गठबन्धन आवस्यक भएको भन्दै बिकास ,सुसाशन र बिधिको साशन स्थापित गर्न मेयर रेनु दाहाल र उप मेयर चित्रसेन अधिकारीको नेतृत्व रहेको टीमलाई वडातह सम्म विजयी गराउन अनुरोध गरे ।

कार्यक्रममा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्योपानेले विकास प्रेमी ईमानदार उमेद्वार रेनु दाहाल र चित्रसेन अधिकारीको नेत्रित्वको टिम महानगरको विकासको लागि आवस्यक रहेको औल्याए । र गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका पूर्ब सभापति जीत नारायण श्रेष्ठ, केन्द्रीय सदस्य अन्जली श्रेष्ठ, संविधानसभा सदस्य एवं नेपाली काँग्रेस चिवतनका पूर्व सभापति राम कृष्ण धिमिर, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त धिमिरे, काग्रेस केन्द्रीय सदस्य शान्ति परियार लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending