Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

खबरडबली संवाददाता

कैलाली । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । 

मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । 

महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ । 

लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउँछिन्। “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उनले भने, “सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ । उम्मेदवारको यसअघिको क्रियाकलापलाई समेत ध्यान दिएका छौँ ।” 

यसपटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन् । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन् । यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन् । 

जानकी गाउँपालिकाकी लिला जैसी महिलाका मुद्दामा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरकार र दलहरु नै हुनुपर्ने बताउँछिन्। 

“हामीले उम्मेदवारले यसअघि सामाजिक भूमिका रहँदा महिलाको समानताका लागि गरेका कामबारे पनि मूल्याङ्कन गर्छौं”, उनले भनिन्, “यसका साथै दलले महिलालाई अवसर दिँदा प्राथमिकता कतिको दिएको इतिहास छ भन्ने कुरा पनि हेर्ने हो । यसपटक महिला मतदाता सचेत हुनुपर्छ ।”

टीकापुरकी रुविना चौधरी सबै समुदाय र क्षेत्रका मानिस समेटेर मैदानमा उत्रिएका उम्मेदवार जिताउने तयारीमा रहेको बताउँछिन्। 

“समाज विकासका लागि सक्षम र काम गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ”, उनले भनिन्, “निर्वाचनमा उम्मेदवार भएका यसअघि समाजमै क्रियाशील हुनुहुन्छ । यसअघि उहाँहरुले महिलाका विषयमा गरेका काम पनि हेर्छौं, अवसर र सक्षमताका लागि पहल गरेका कार्यबाट उहाँहरुलाई मूल्याङ्कन गर्ने हो ।”

महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन् । राजनीतिक दलले महिलाका सानासाना समस्या समाधानमा ध्यान दिनेखालका घोषणा गरेको देखिँदैन । 

टीकापुरकी प्रियङ्का परियार महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने बताउँछिन्। 

“दलका प्रतिबद्धतापत्र हेर्दा गरे पनि हुने, नगरे पनि अपजस नपाउने खालमा छन् । महिलाका लागि यो यो गर्छौं भनी लेखेको देखिँदैन”, उनले भनिन्, “जस्तै उपभोक्ता समितिमा ५० प्रतिशत महिला राख्छौँ भन्न सक्नुपर्छ, पालिमा गठन हुने हरेक समिति वा कार्यक्रममा अनिवार्य ५० प्रतिशत महिलाले अवसर पाउँछन् किन भन्न नसकेका ? यो समयमा यी मसिना कुराहरुमा महिला मतदाता सचेत बन्न जरुरी छ ।”

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । जसमा महिलाको सङ्ख्या बढी छ । कैलालीमा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् । 

११ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । पुरुषको तुलनामा महिला मतदाता बढी भए पनि यहाँ पालिकाको नेतृत्वमा महिला धेरै आउनेमा चिन्ता बढेको छ । 

कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै सत्ता गठबन्धनबाट सुशीला शाही प्रमुख पदमा महिला उम्मेदवार छन्। बाँकी अन्य पालिकामा प्रमुख पदमा पुरुषकै वर्चस्व छ । यसले पनि महिलालाई प्रमुख पदमा पुगाउन दलहरु समेत सच्चिन आवश्यक रहेको महिलाकै आवाज छ ।

महिला अधिकारकर्मी गोमा आचार्य महिला मतदाताको सङ्ख्या बढी भए पनि दलहरुले निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई पाखा लगाएकाले यसपटक कैलालीका महिला महिलाका मुद्दामा काम गर्ने उम्मेदवार छान्नुपर्छ भन्नेमा सचेत रहेको बताउँछिन्। 

“वर्षौं राजनीतिमा लागेका, सक्षम महिलाले पनि अवसर पाउन कठिन छ । त्यसैले मतदाता महिलाले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आवश्यक छ”, उनले भनिन्, “महिलाको उपस्थिति बलियो बनाउन जरुरी छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending