Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

खबरडबली संवाददाता

कैलाली । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । 

मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । 

महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ । 

लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउँछिन्। “महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ”, उनले भने, “सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ । उम्मेदवारको यसअघिको क्रियाकलापलाई समेत ध्यान दिएका छौँ ।” 

यसपटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन् । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन् । यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन् । 

जानकी गाउँपालिकाकी लिला जैसी महिलाका मुद्दामा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरकार र दलहरु नै हुनुपर्ने बताउँछिन्। 

“हामीले उम्मेदवारले यसअघि सामाजिक भूमिका रहँदा महिलाको समानताका लागि गरेका कामबारे पनि मूल्याङ्कन गर्छौं”, उनले भनिन्, “यसका साथै दलले महिलालाई अवसर दिँदा प्राथमिकता कतिको दिएको इतिहास छ भन्ने कुरा पनि हेर्ने हो । यसपटक महिला मतदाता सचेत हुनुपर्छ ।”

टीकापुरकी रुविना चौधरी सबै समुदाय र क्षेत्रका मानिस समेटेर मैदानमा उत्रिएका उम्मेदवार जिताउने तयारीमा रहेको बताउँछिन्। 

“समाज विकासका लागि सक्षम र काम गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ”, उनले भनिन्, “निर्वाचनमा उम्मेदवार भएका यसअघि समाजमै क्रियाशील हुनुहुन्छ । यसअघि उहाँहरुले महिलाका विषयमा गरेका काम पनि हेर्छौं, अवसर र सक्षमताका लागि पहल गरेका कार्यबाट उहाँहरुलाई मूल्याङ्कन गर्ने हो ।”

महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन् । राजनीतिक दलले महिलाका सानासाना समस्या समाधानमा ध्यान दिनेखालका घोषणा गरेको देखिँदैन । 

टीकापुरकी प्रियङ्का परियार महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने बताउँछिन्। 

“दलका प्रतिबद्धतापत्र हेर्दा गरे पनि हुने, नगरे पनि अपजस नपाउने खालमा छन् । महिलाका लागि यो यो गर्छौं भनी लेखेको देखिँदैन”, उनले भनिन्, “जस्तै उपभोक्ता समितिमा ५० प्रतिशत महिला राख्छौँ भन्न सक्नुपर्छ, पालिमा गठन हुने हरेक समिति वा कार्यक्रममा अनिवार्य ५० प्रतिशत महिलाले अवसर पाउँछन् किन भन्न नसकेका ? यो समयमा यी मसिना कुराहरुमा महिला मतदाता सचेत बन्न जरुरी छ ।”

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । जसमा महिलाको सङ्ख्या बढी छ । कैलालीमा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् । 

११ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । पुरुषको तुलनामा महिला मतदाता बढी भए पनि यहाँ पालिकाको नेतृत्वमा महिला धेरै आउनेमा चिन्ता बढेको छ । 

कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै सत्ता गठबन्धनबाट सुशीला शाही प्रमुख पदमा महिला उम्मेदवार छन्। बाँकी अन्य पालिकामा प्रमुख पदमा पुरुषकै वर्चस्व छ । यसले पनि महिलालाई प्रमुख पदमा पुगाउन दलहरु समेत सच्चिन आवश्यक रहेको महिलाकै आवाज छ ।

महिला अधिकारकर्मी गोमा आचार्य महिला मतदाताको सङ्ख्या बढी भए पनि दलहरुले निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई पाखा लगाएकाले यसपटक कैलालीका महिला महिलाका मुद्दामा काम गर्ने उम्मेदवार छान्नुपर्छ भन्नेमा सचेत रहेको बताउँछिन्। 

“वर्षौं राजनीतिमा लागेका, सक्षम महिलाले पनि अवसर पाउन कठिन छ । त्यसैले मतदाता महिलाले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आवश्यक छ”, उनले भनिन्, “महिलाको उपस्थिति बलियो बनाउन जरुरी छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending