Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मतदातालाई तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिए । उनले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताए। 

“आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उनले भने, “मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइदैन, निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।”

उहाँले निर्वाचन आयोग निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । पार्टी अध्यक्ष ओलीले स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रवर्धकका रूपमा विकास गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोतसाधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानविन्दु बनाउने अठोट एमालेले लिएको बताए । 

“एमालेले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिवृद्धिको अभियन्ता बनाउनेछ, सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको सम्बाहकका रूपमा विकास गर्नेछ”, उनले भने, “एमालेले विकास निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ, हामीले लोकतन्त्रलाई जीवन पद्दतिका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि सङ्घ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै एमालेको नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्न सूर्यमा मतदान गर्न उहाँले मतदातालाई गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनताको मत नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने बताए । 

उनले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभइ नेपालको विकास गर्ने, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने रहेको भनाइ राखे। “राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेले कुनै हालतमा स्वीकार्दैन”, उनले भने, “विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending