Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

मुक्तानको प्रतिवद्धता : विपन्नलाई नि:शुल्क एम्बुलेन्स, घर-घरमै वृद्धभत्ता

खबरडबली संवाददाता

चितवन । कालिका नगरपालिका ७ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार कमल मुक्तान घरदैलोमा व्यस्त छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा उठेका मुक्तान वडाबासी माझ लोकप्रिय छन्।

युवा उम्मेदवार मुक्तानले वडाध्यक्षमा विजयी भए वडा भित्रका विपन्न वर्गका लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। कालिका ७ मा धेरै पिछडिएको वर्गको बसोबास रहेकोले उनीहरुका लागि निस्शुल्क एम्बुलेन्सको व्यवस्थालाई आफुले प्राथमिकतामा राखेको उनले बताएका हुन्।

‘यहाँ धेरै विपन्न वर्गको बसोबास छ। उहाँहरुले अस्पतालसम्म जानका लागि एम्बुलेन्स भाडा तिर्न समेत नसक्ने अवस्था छ, उनले भने, ‘त्यस्ता पिछाडिएका र विपन्न वर्गका लागि अस्पतालसम्म जान निस्शुल्क एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता जनाउन चाहन्छु।’

यस्तै उनले वृद्धवृद्धाहरुका लागि घर(घरमै वृद्धभत्ता पुराउने व्यवस्था गरिने प्रतिवद्धता जनाएका छन्। उनले आफु विजयी भए वृद्धभत्ताका लागि बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्। बैंकसँग समन्वय गरेर वडा कार्यालय मार्फत नै घर(घरमा वृद्धभत्ता पुराउने व्यवस्था गरिने उनको प्रतिवद्धता छ।

मुक्तानले युवाहरुका लागि सिपमुलक तालिम ल्याउने बताएका छन्। बिरोजगारी अन्त्यका लागि सिपमुल्क तालिम सञ्चालन गरेर युवाहरुलाई स्वरोजगार बनाउने उनको योजना छ। कृषिमा लाग्न चाहनेहरुलाई फार्म दर्ता गराई बिभिन्न अनुदान तथा बिना धितो ॠण उपलब्ध गराउन प्रयास गर्ने समेत उनले बताए।

कालिका ७ मा भूमिहिन सुकुम्बासीहरुको बसोबास रहेको छ। त्यस्ता भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरणका लागि नगरपालिकासँग समन्वय गरेर पहलकदमी गरिने उनले बताए। यस्तै वडा भित्रका बस स्टेसनहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन्।

उनले वडा भित्र अनिवार्य रुपमा स्वास्थ्य बीमा लागू गर्ने बताए तथा अती विपन्न तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले बताए। सिचाँईको उचित व्यवस्थापन, डुबान नहुने गरी निकास, कच्ची सडकमा कालोपत्रे, बाटोको स्तरोन्नती, सबै वडाबासीमा शिक्षा, स्वास्थ्यको पहुँच, कृषिलगायतलाई आफुले प्राथमिकतामा राखेको उनले बताए।

उनले जनताको सेवकको रुपमा सेवा गर्नका लागि आफु चुनावी मैदानमा उत्रिएको भन्दै अहिलेका प्रतिवद्धता पुरा गर्ने बताए। मतदाताहरु पनि सत्ता गठबन्धन दलहरु प्रति सकारात्मक रहेका छन्। पालिकासँगै कालिका ७ मा गठबन्धनको जित हुने वडाध्यक्ष पदका उम्मेदवार मुक्तानले विश्वास व्यक्त गरे। ‘मतदाताहरु सकारात्मक हुनुहुन्छ। गठबन्धनले जित्नेमा विश्वस्त छु।’ उनले आफुहरुले मतदाताको मन जितिरहेको दाबी गरे।

उनले गठबन्धनका उम्मेदवारहरु अत्याधिक मतका साथ विजयी गराउन वडाबासीलाई आग्रह समेत गरे। कालिकामा सत्ता गठबन्धनले मेयरमा कांग्रेसका शिवराम केसीलाई उठाएको छ। यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रबाट सबिता लामा उम्मेदवार छिन्।

वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसबाट कमलराज मुक्तान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी फुलमाया कुमाल, दलित महिला सदस्यमा माओवादी केन्द्रकी बिष्णुमाया परियार तथा खुला सदस्यमा कांग्रेसका पुस्कल बस्नेत र माओवादी केन्द्रका खड्कबहादुर विक रहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending