Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार स्पष्टीकरणमा

खबरडबली संवाददाता
काठमाडौँ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । 
 
दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ ।
 
आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँठाउँमा भइरहेकै छन् । आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ ।  
 
निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ । उक्त आचारसंहिताको ५ ९क० मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
 
यस्तै वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएकामा बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न र सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । यस्तै कुनै योजनाको शिलान्यास उद्घाटन सर्वेक्षण, अध्ययन वा अनुदान दिने जस्ता कार्यक्रम पनि गर्न नहुने व्यवस्था छ । नेकपा ९एमाले० का तर्फबाट काठमाडौँ महानगरको प्रमुखका उम्मेद्वार केशव स्थापितले प्रतिस्पर्धी बालेन शाहका विषममा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट र सामाजिक सञ्जलाबाट जानकारी पाएपछि आयोगले उहाँलाई स्पष्टीकरण पेश गर्न निर्देशन दियो ।
 
यस्तै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भनी फोटोसहितको समाचार सार्वजनिक भएको जानकारी आएपछि उहाँलाई पनि आयोगले स्पष्टीकरण दिन आदेश दिएको थियो । आयोगले यसरी आचारसंहिता उल्लङ्घन गरेका ३७ भन्दाबढी व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधिसकेको छ । आयोगले गएको चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरेको थियो । निर्वाचन आयोग ऐन २०७३ कोे दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता जारी गरेको हो । 
 
आयोगले विभिन्न राजनीति दललाई समेत स्पष्टीकरण सोधेको छ । यही २० गते नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिको नामबाट अर्को पार्टीका विषय जोडेर बनाइएको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले भन्दै त्यसको जवाफ माग गरेको थियो । “उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय ९ठ० र ९ढ० विपरित देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ ९तीन० दिन भित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशानुसार अनुरोध गरिन्छ”, आयोगको पत्रमा भनिएको छ ।
 
यस्तै नेकपा ९माओवादी केन्द्र०सँग पनि निर्वाचन आयोगले जवाफ माग गरेको थियो । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा ९माओवादी केन्द्र० काठमाडौँसँग कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष विक्रम साहलगायतका व्यक्तिले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार आएको भन्दै स्पष्टीकरण मागेको थियो ।
 
यी त प्रतिनिधि घटना भए तर विभिन्न जिल्लामा समेत नेता, मन्त्री, उम्मेदवार र तिनका कार्यकर्ताबाट हुने उल्लङ्घनप्रति आयोग कडाइका साथ लागिरहेको छ ।
 
दल, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण
 
निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारणबारे उल्लेख छ । सोही परिच्छेदको दफा १२ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सभा, सम्मेलन जुलुस, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार गर्दा सभ्य र अनुसासित भई गर्नुपर्ने उल्लेख छ । 
 
स्थानीय प्रशासनको अनुमतिविना सार्वजनिक स्थानमा जुलुस, सभा, बैठक, भेला गर्न नहुने, जुलुस, सभामा सहभागि व्यक्तिले निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर भएको कपडा, टोपी, भेष्ट, सर्ट ज्याकेट, कमिज, मास्क गम्छा, व्याच वा लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ । उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाइ वितरण गर्न बाधा पर्दैन । कसैको घर तथा सार्वजनिक स्थलमा दलको झण्डा निर्वाचन चिह्न टाँस्न, राख्न नहुने तथा कुनै पनि संस्थालाई नगद, जिन्सी, अनुदान वितरण गर्न नहुने व्यवस्था छ । जुलुस आमसभा तथा बैठक र प्रचारका कार्यक्रम बिहान ८ देखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था छ । 
 
निर्वाचनका प्रयोजनार्थ ७५ ग्रामको कागजमा ९तीन सय वर्ग इञ्चसम्म० आकार भएको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ । उम्मेदवारको कार्यालयमा ३ वाइ ३ को दलको झण्डा, सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड फ्लेस राख्न र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवथा छ । भित्ते लेखनसमेत गर्न पाइँदैन । त्यस्तै निर्वाचन आयोगको अनुमति लिई उम्मेदवारले निर्वाचन क्षेत्र वा उम्मेदवार भएको क्षेत्रमा बढीमा दुई वटा दुईपाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ । 
 
आयोगले आफैँ अनुगमन गरेर पनि आचारसंहिता विपरीतको गतिविधि नियन्त्रण गरिरहेको छ । केही दिनअघि आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि गत शनिबार स्थलगत अनुगमन गरेको थियो । 
 
अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झण्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल ९करिब १०० थान०, टीसर्ट १० थान, दलको व्यानर तीन थान जफत गरेको थियो । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending