काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकि छन् ।
गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएको हो ।
“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु”, उनले भनिन्।
नेत्री सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताइन् । “म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइन, अब पद लिनका लागि तपाईँहरुका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन्।
उनले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताइन् । उनले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, युवालाई उद्यमी बनाउने, महानगरभित्र रहेका विभिन्न क्लबलाई खेलकूद क्षेत्रमा जोड्नेलगायतका काम आफूले गर्ने स्पष्ट पारिन्।
नेत्री सिंहले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँदै महानगरभित्रका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउँदैै सुशासन कायम गराउने उल्लेख गरिन् । काठमाडौँ भित्रको सधैँ चर्चामा आउने फोहर व्यवस्थापन र ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: