Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

निर्वाचन आयोगले केशव स्थापितसहित ३७ व्यक्तिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

खबरडबली संवाददाता
काठमाडौं । निर्वाचन आयोगले हालसम्म निर्वाचन आचारसंहिता, २०७८ विपरीतको कार्य गर्ने ३७ राजनीतिक दल र व्यक्तिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सो क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेश गर्न भनेको छ । 
 
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्तकमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु ५० हजारका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिएको जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाअनुसार उहाँलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अनुरोध गरेको छ ।  
 
निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता, २०७८ प्रतिकूल हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्त, आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिनुभएको थियो ।
 
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का अध्यक्ष धर्मनाथ चौधरीले निर्वाचन आचारसंहिता, २०७८ विपरीत मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उम्मेदवार चौधरीले एक महिलालाई रु दुई हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएकोसमेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।
 
नेकपा ९एमाले०का तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन साहका विषयमा अभिव्यक्ति दिनुभएको जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
 
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने हो भनेर चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
 
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकाले सो कार्य निर्वाचन आचारसंहिता, २०७८ विपरीतकोे देखिएकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले आदेश दिएको छ ।
 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीतको कार्य केकति कारणले गरेको  हो  भनी आयोगले चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending