Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

आइजिपी बढुवा विवादमा अन्तरिम आदेश दिन अस्वीकार

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
 
न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले आज उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले उक्त विवादकोे अन्तिम सुनुवाइ आगामी जेठ १७ गते हुनेछ । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख छ । उक्त अवधिभित्र दुवै पक्षले लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।
 
“निर्णय कार्यान्वयन भई मिति २०७९/१/१९ गते दज्र्यानी चिह्नसमेत प्रदान गरिसकेको भन्ने सम्मिलित हुन आउनुभएका विद्धान महान्यायाधिवक्तालगायतका कानून व्यवसायीका बहसबाट समेत जानकारी हुन आएको छ”, आदेशमा भनिएको छ, “निवेदकले उठाएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुुनुवाइका समयमा विवेचना भई न्यायिक निरुपण हुने नै हुँदा हाल निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।”
 
बुधबारदेखि उक्त विवादको सुनुवाइ प्रारम्भ भएको थियो । सरकारी पक्षले पनि बहस गरेको हुँदा समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
 
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
 
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending