Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भरतपुरमा दलहरुका चुनावी सभा, कुन दलको कहिले ?

खबरडबली संवाददाता

चितवन । राजनीतिक दलहरुले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन् । सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार छन्। निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन् । यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो । 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति हुँदैछ । सो सभामा नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापासँगै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ । जनसभाका लागि कांग्रेस पार्टी सभापति देउवासहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ । जिल्ला सभापति खनालले भने, “प्रधानमन्त्री र मन्त्रीहरुको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उनीहरु यहाँ आउन लागेको हो ।” 

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष  विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुँदै छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन् । 

स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२  हजार ९२४ मत प्राप्त गरेको थिए भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गकेकि थिइन् । राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८४२ मत प्राप्त गरेका थिए। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको थियो । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याउनुभएको थियो भने राप्रपाबाट उम्मेदवार बन्नुभएकी रिना गुरुङ्गले सात हजार २५२ मत प्राप्त गर्नुभएको थियो । एकिकृत समाजवादी सत्ता गठबन्धनतर्फ छ भने राप्रपा नेकपा एमालेसँग मिलेको छ । 
 
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३ मतदाता थिए । यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६७२ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन्  । भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता थपिएर एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending