चितवन । राजनीतिक दलहरुले भरतपुरमा चुनावी प्रचारका लागि आमसभा गर्ने भएका छन् । सत्ता गठबन्धनले बिहीबार सभा गर्दै छ भने विपक्षी गठबन्धनले वैशाख २५ गते सभा गर्दैछ । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रकी रेनु दाहाल र विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुवेदी उम्मेदवार छन्। निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षीय गठबन्धन र विपक्षीय गठबन्धन दुवै लागि परेका छन् । यसै सन्दर्भमा सत्तापक्षीय गठबन्धनले भरतपुरमा शीर्ष नेताको उपस्थितिमा जनसभा गर्न लागेको हो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठबन्धनको जनसभामा पार्टीका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति हुँदैछ । सो सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापासँगै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ । जनसभाका लागि कांग्रेस पार्टी सभापति देउवासहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ । जिल्ला सभापति खनालले भने, “प्रधानमन्त्री र मन्त्रीहरुको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उनीहरु यहाँ आउन लागेको हो ।”
नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताको उपस्थितिमा चुनावी सभा हुँदै छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुवै गठबन्धनले सभा गर्दै छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेको थिए भने गठबन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गकेकि थिइन् । राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८४२ मत प्राप्त गरेका थिए। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको थियो । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याउनुभएको थियो भने राप्रपाबाट उम्मेदवार बन्नुभएकी रिना गुरुङ्गले सात हजार २५२ मत प्राप्त गर्नुभएको थियो । एकिकृत समाजवादी सत्ता गठबन्धनतर्फ छ भने राप्रपा नेकपा एमालेसँग मिलेको छ ।
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३ मतदाता थिए । यसपालिको स्थानीय तहको चुनावमा ७४ हजार ६७२ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएकामध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन् । भरतपुर महानगरपालिकामा ३५ हजार ४७८ मतदाता थपिएर एक लाख ८५ हजार ७५२ मतदाता पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: