Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

खबरडबली संवाददाता
काठमाडौं। काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।
 
त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतदाता सचेत देखिएका छन् । परम्परागत नेवारी बस्ती र सभ्यतासँग जोडिएको स्थल भएकाले पनि कीर्तिपुरको आफ्नै महत्व र विशेषता छ । भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै कीर्तिपुरवासीले स्थानीय तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग जमेर प्रश्न गरेका छन् । भौतिक तथा मानवीय विकासका लागि स्पष्ट कार्ययोजना के छ भनेर उम्मेदवारसँग जिज्ञासा राख्नेमा विजेन श्रेष्ठ पनि एक हुनुहुन्छ ।
 
राजधानी नजिकको नगरपालिका भएर पनि मानवीय र भौतिक विकासमा पछाडि पर्नुको पछाडि ‘बत्ती मुनीको अध्यारो’ भने जस्तै त होइन भन्ने जिज्ञासा राखेको जानकारी दिँदै सुष्मलता महर्जनले निर्वाचनमा विजयी हुने उम्मेदवारले नगरवासीको मनोभावनालाई आत्मसात् गर्नुपर्ने बताउछन् ।
 
निर्वाचित भएर गएपछि जनताको दैनिक समस्यासँग जोडिने जनप्रतिनिधिको खोजीमा देखिन्छन् कीर्तिपुरका मतदाता । पांगा दोबाटोमा भेटिएका स्थानीय मतदाताले एकै स्वरमा रासससँगको कुराकानीमा भने, “विकास र समृद्धि हाम्रो चाहना हो । जनप्रतिनिधि सेवक बन्नुपर्छ । हामी त्यस्तै उम्मेदवारको पक्षमा छौँ ।” नगरका प्रमुख क्षेत्रमा राजनीतिक दलका उम्मेदवारदेखि समर्थकले आआफ्ना पार्टीको पक्षमा मत माग्ने, केही सिर्जनात्मक ढङ्गले प्रचारप्रसार गरिरहेका भेटिन्छ ।
 
आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर भएकाले पनि कीर्तिपुरले निरन्तर परिवर्तनको यात्रा तय गरेको छ । नेवार जातिको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर विसं २०५३ चैत १४ गते तत्कालीन आठ गाविस ९लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी० गाभेर गठन गरिएको हो । नगरपालिका ऐन, २०४८ अनुसार स्थापना भएको सो नगर मल्ल कालदेखि नै कला र संस्कृतिले धनी छ ।
 
आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ । लोकतान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनीय भूमिका खेलेको तथ्य कोही कसैले कसी लगाइदिनुपर्ने पनि छैन । व्यावसायिक रुपले पनि यस नगर विभिन्न औद्योगिक कलकारखानाका साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार उपलब्ध छ । नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ । कीर्तिपुर सहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४।७६ वर्ग कि।मी। छ ।
 
कीर्तिपुर नगरमा कीर्तिपुरलगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थानका रुपमा परिचित छन् । सहरको अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ढाकेको छ । यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास नभएको स्वयं कीर्तिपुर नगरपालिकाले स्वीकार गरेको छ ।
 
कालोपत्रे सडक ३५ किलोमिटर, ग्राभेल सडक ४० किलोमिटर र  कच्ची सडक ३५ किलोमिटर छ । नगरपालिकाले काठमाडाँ चक्रपथलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम दुरीमा छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक सम्पदाले भरिपूणर् यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यस नगरका बासिन्दा सबैभन्दा बढी कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल(व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आइरहेको पाइन्छ । यो नगर खुल्ला दिसामुक्त, पूणर् साक्षर र पूणर्खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो ।
 
विसं २०४६ को जनआन्दोलनमा कीर्तिपुरको भूमिका महत्वपूणर् र ऐतिहासिक रहेको तथ्य नेपालको इतिहासमा स्वणर् अक्षरमा लेखिएको छ । जनआन्दोलन उत्कर्षमा पुगेका बेला विसं २०४६ चैत २० गते चार जनाको शहादत प्राप्त भएको थियो । प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको शहादत भएको थियो । चुनावी चहलपहल बढेसँगै नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई श्रेष्ठ सावित गर्ने प्रयास गरिरहेका छन् ।
 
कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा ११ जनाको उम्मेदवारी छ । कूल २३७ जनाको उम्मेदवारी परेको छ । कीर्तिपुर नगरपालिकामा सत्तारुढ गठबन्धनका बीचमा सहमति हुन नसकेपछि आआफ्ना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावी मैदानमा एमालेका केशरत्न बज्राचार्य, नेपाली कांग्रेसका राजकुमार नकर्मी र नेकपा ९माओवादी केन्द्र०का तर्फबाट प्रा डा शिवशरण महर्जन, एकीकृत समाजवादीबाट बटुकृष्ण थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनलगायतले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।
 
उपप्रमुखमा एमालेका बिन्दु महर्जन, कांग्रेस शुभलक्ष्मी शाक्य र माओवादी केन्द्रका सुशिला बस्नेत, एकीकृत समाजवादीका  कमला महर्जनलगायतको उम्मेदवारी परेको छ । वडाध्यक्षका उम्मेदवारमा ५५, वडा सदस्यमा ९१, महिला सदस्यमा ४३ तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्य मध्ये केही निविरोध निर्वाचित भइसक्नुभएको छ । माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार प्रा डा शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्थालगायतका विषय नै आफूहरुको प्रमुख एजेण्डा भएको जानकारी दिनुभयो ।  इटागोल ९यतुगः० वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा भेटिनुभएका महर्जनले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरवासीलाई समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।
 
विसं २०५५ मा तत्कालीन नेकपा ९माओवादी०को विशेष उपत्यका ब्युरोको बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेता इटागोलमा एकहप्ता बसेकाले पनि यस टोल ९माओवादी० पार्टीको लागि महत्वको रहेको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखको भूमिका निर्वाह गर्नुभएका प्रा डा महर्जनले आफू प्रमुखमा विजय भए आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गरिसक्नुभएको छ । कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूणर् योगदान छ ।
 
उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेत विगतका असफलताबाट पाठ सिक्दै महिलाको अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरवासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । कांग्रेसबाट प्रमुखको उम्मेदवार रहनुभएका राजकुमार नकर्मी पनि मतदाताका बीचमा कीर्तिपुरको विकासका विविध योजनाहरु अघि सारेर गएको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुहुन्छ । उपप्रमुखको उम्मेदवार शुभलक्ष्मी शाक्यले पनि आफूहरु निरन्तर निर्वाचन केन्द्रीत अभियान लिएर जनताको घर दैल्होमा पुगेको जानकारी दिनुभयो ।
 
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार केशरत्न बज्राचार्य पनि निर्वाचन अभियानमा हुनुहुन्छ । अन्य तथा स्वतन्त्र उम्मेदवार पनि मतदातालाई आकर्षित गर्न लागिपरेका छन् । आर्थिक तथा अन्य औद्योगिक गतिविधिसमेत क्रमशः विस्तारित हुँदै गएको यस नगरका मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्लान् भन्ने जिज्ञासाको उत्तर भने वैशाख ३० गते नै दिनेछन् ।
 
हालै मात्र सोही नगरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । काठमाडौँ तराई मधेश द्रूतमार्ग, काठमाडौँ हेटौडा सडकलगायतले आर्थिक विकासलाई अगाडि बढाउन सहयोग पुगेको र यस नगरले खोजेको थप प्रगतिलाई राजनीतिक दलका उम्मेदवारले सम्बोधन गर्नेछमा मतदाता ढुक्क देखिएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending