Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्। उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह गरे।

आज गृह जिल्ला आएका गृहमन्त्री खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुुभयो । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए । 

उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।  

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा निकायका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए ।

रुपन्देहीमा २०८ मतदान स्थलकायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । रुपन्देहीमा छ लाख ३२ हजार ३६० मतदाता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएफसी छनोटमा इतिहास रच्दै रविन्द्र ढाँट सेमिफाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट

तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...

राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...

सहकारी अनियमिततामा संलग्नमाथी छानबिन गरि कारवाही गर्न आयोगको सिफारिस

काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...

आगामी बजेटमा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...

सिंहदरबार परिसरका अव्यवस्थित अस्थायी चमेना गृह जेठ २७ भित्र बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...

एसियन गेम्स छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ ।  महिला क्रिकेटको दोस्रो...

सरकारको कार्यशैली देखेर जनतामा निराशा बढेको छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...

भारतको बिहारमा डुङ्गा दुर्घटना - तीन जनाको मृत्यु, पाँच बेपत्ता

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending