Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माणको आधार गर्ने बाटोमा सरकार अगाडि बढिरेहको जानकारी दिए। 

उनले भने, “आइसिटीको क्षेत्रमा भएको विकाससँगै बढेको चुनौतीको सामना गर्नसमेत सरकारले नीतिगत व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ, आइसिटीलाई व्यवस्थित गर्नका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।” 

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री कार्कीले विभिन्न निकायबाट प्रदान गरिएका सार्वजनिक सेवालाई नागरिक एप्समा आबद्ध गर्ने कार्य भइरहेको जानकारीसमेत दिए । व्यवस्थित तथा सुरक्षित साइबर स्पेसका लागि साइबर सुरक्षा नीतिको कार्य अगाडि बढाउनुका साथै साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको र संवेदनशील पूर्वाधारलाई २४सै घण्टा निगरानी गर्ने गरी पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको उनको भनाइ छ । 

मन्त्री कार्कीले सञ्चालनमा रहेका डाटा सेन्टरको पुनरावलोकन गर्नुका साथै डाटा सेन्टर स्थापना कार्य अगाडि बढाउँदै ब्रोडब्याण्ड सेवा विस्तारको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको र मुलुकका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र स्थानीय तहमा ब्रोडब्याण्ड सेवा विस्तार गर्नुका साथै आधारभूत विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा पु¥याउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । एक हजार सामुदायिक, प्राथमिक र माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । मन्त्री कार्कीले भने, “आजको युग, सूचना तथा सञ्चार प्रविधिको युग हो, सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारमा समग्र देशको विकासको परिकल्पना गर्न कठिन छ, सूचना तथा सञ्चार प्रविधि आजको आवश्यकता मात्रै नभएर अपरिहार्यता पनि हो ।”

 मानवजीवनलाई सहज, सरल र समृद्ध बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले आइसिटीको प्रयोगको विकास र विस्तारले सार्वजनिक सेवा थप प्रभावकारी, विश्वसनीय, सुरक्षित, सरल, सहज र गुणस्तरीययुक्त भई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्य हासिल गरी समग्र देश विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वर्तमान सरकारको विगतको अनुभव, विगतका नीति तथा समयसँगै बदलिएको सोचअनुरूप आइसिटीको क्षेत्रमा गुणात्मक विकास गरिने नीति लिइएको उनले बताए । 

सरकारका मुख्य सचिव शङ्कर वैरागीले सूचना, सञ्चार प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको बताउँदै प्रविधिलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को सपना पूरा गर्ने गरी आफ्ना क्रियाकलापलाई तीव्रता दिँदै आएको बताउनुभयो । 

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पु¥याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं (सिन्धुली) लाई सोही अवार्ड प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । 

त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरलाई प्रदान गरिएको छ । त्यसैगरी रु ७० हजार राशिसहित विआइसी टेक्सोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending