धनुषा । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको घरघरमा व्यस्त छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका उम्मेदवार जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न घरदैलो अभियानमा छन् । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाँउमा चुनावी चर्चाले तीव्रता पाएको छ । राजनीतिमा लामो समय योगदान गरेकादेखि युवापुस्ताका उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई यस वर्ष मत दिने बताउन थालेका छन् ।
धनुषाको औरही गाउँपालिका मतदाता सीमित स्वार्थका लागि उम्मेदवार बनेकोभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् । विकास र समृद्धिमा पछि परेको धनुषाको औरहीका मतदाता अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिनसक्ने सक्षम व्यक्तिलाई जिताउने स्थानीय मतदाताको भनाइ छ । कुन उम्मेदवारलाई जिताउने भनेर मतदाताले गम्भीर भएर सोच्नुपर्ने औरही गाउँपालिकाका–५ का जगदीश साह बताउछन् ।
“विकास प्रेमी नेतालाई जिताउनुर्छ”, उहाँले भन्नुभयो, “तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।” मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धता बिर्सिनेबाट सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
औरही गाउँपालिकाका मखन सदा यसपाली सचेत मतदान गर्ने बताउछन् । गाउँको विकास गर्न सक्षम उम्मेदवारलाई जिताउने उनको मनसाय छ । “राजनीतिक आस्थाको भरमा मात्र नभएर गाउँको विकास गर्ने व्यक्ति हामीले छान्छौँ”, औरही गाउँपालिका–३ का सरोज साहले भने, “व्यक्तिगत स्वार्थका लागि उम्मेदवार बनेकाले जनताको सपना पूरा गर्न सक्दैनन्, समाजसेवा गर्न सक्नेलाई मत दिन्छु ।”
गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार आफूहरुको रोजाइमा पर्ने साहले बताए । अठार स्थानीय तह रहेको धनुषामा चार लाख ६७ हजार ३८८ मतदाता छन् । निर्वाचनमा भाग लिन धनुषामा ३२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - १७:५७
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार मकाउस्थित ग्य...
जेष्ठ १४ गते, २०८३ - १७:३१
तेहरान। इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर बजारमा गिरावट आए...
जेष्ठ १४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय श...
जेष्ठ १४ गते, २०८३ - १६:५७
काठमाडौं । सहकारी संस्थाहरूमा देखिएको अनियमितता र बेथितिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा तथा सेवा केन्द्र...
जेष्ठ १४ गते, २०८३ - १६:४०
काठमाडौँ। कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो...
जेष्ठ १४ गते, २०८३ - १६:३४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। ...
जेष्ठ १४ गते, २०८३ - १६:०५
काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह (क्यान्टिनरखाजा घर) हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्रधानम...
जेष्ठ १४ गते, २०८३ - १५:४५
काठमाडौँ। मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटको दोस्रो...
जेष्ठ १४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकार बहु...
जेष्ठ १४ गते, २०८३ - १५:१६
नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्...



प्रतिकृया लेख्नुहोस्: