Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

धनुषाका मतदाता भन्छन्, ‘दुःखकष्ट बुझ्ने विकासप्रेमीलाई मात्र मत दिन्छौँ’

खबरडबली संवाददाता

धनुषा । आसन्न स्थानीय तहको निर्वाचनमा आफूहरुले दुःखकष्ट बुझ्ने र विकासप्रेमी उम्मेदवारलाई मत दिने धनुषाको औरही गाउँपालिकाका मतदाताले बताएका छन् । निर्वाचनका लागि मत माग्न यतिबेला विभिन्न दलका उम्मेदवार मतदाताको घरघरमा व्यस्त छन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका उम्मेदवार जसरी पनि आफ्नो जीत सुनिश्चित गर्न घरदैलो अभियानमा छन् । धनुषाको शहरी तथा ग्रामीण क्षेत्रका चिया पसल, चौतारा, पान पसललगायत सार्वजनिक ठाँउमा चुनावी चर्चाले तीव्रता पाएको छ । राजनीतिमा लामो समय योगदान गरेकादेखि युवापुस्ताका उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्न पुग्दा मतदाताले भने गाउँमा बाटोघाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने र समाजमा योगदान पु¥याउँदै आएकालाई यस वर्ष मत दिने बताउन थालेका छन् । 

धनुषाको औरही गाउँपालिका मतदाता सीमित स्वार्थका लागि उम्मेदवार बनेकोभन्दा राजनीतिमा सक्रिय रहेर समाजका लागि योगदान गरेका उम्मेदवार आफ्नो रोजाइमा पर्ने बताउँछन् । विकास र समृद्धिमा पछि परेको धनुषाको औरहीका मतदाता अब विकास र समृद्धि चाहेकाले यसलाई मूर्तरुप दिनसक्ने सक्षम व्यक्तिलाई जिताउने स्थानीय मतदाताको भनाइ छ । कुन उम्मेदवारलाई जिताउने भनेर मतदाताले गम्भीर भएर सोच्नुपर्ने औरही गाउँपालिकाका–५ का जगदीश साह बताउछन् । 

“विकास प्रेमी नेतालाई जिताउनुर्छ”, उहाँले भन्नुभयो, “तब मात्र गाउँमा विकास र सुशासन कायम हुन्छ ।” मत लिने बेला ठूलाठूला प्रतिबद्धता गर्ने र जितेर गएपछि ती सबै प्रतिबद्धता बिर्सिनेबाट सचेत हुनुपर्ने उहाँको भनाइ छ ।   

औरही गाउँपालिकाका मखन सदा यसपाली सचेत मतदान गर्ने बताउछन् । गाउँको विकास गर्न सक्षम उम्मेदवारलाई जिताउने उनको मनसाय छ । “राजनीतिक आस्थाको भरमा  मात्र नभएर गाउँको विकास गर्ने व्यक्ति हामीले छान्छौँ”, औरही गाउँपालिका–३ का सरोज साहले भने, “व्यक्तिगत स्वार्थका लागि उम्मेदवार बनेकाले जनताको सपना पूरा गर्न सक्दैनन्, समाजसेवा गर्न सक्नेलाई मत दिन्छु ।” 

गाउँमै दुःखकष्ट गरेका र गरिब किसानका मर्का बुझ्ने उम्मदवार आफूहरुको रोजाइमा पर्ने साहले बताए । अठार स्थानीय तह रहेको धनुषामा चार लाख ६७ हजार ३८८ मतदाता  छन् । निर्वाचनमा भाग लिन धनुषामा ३२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending