Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

नेता पौडेल भन्छन्– श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन

खबरडबली संवाददाता

तनहुँ  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताएका हुन् ।

नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता व्यक्त गरे । ुश्रमको सम्मान गर्ने कामको थालनी नेपाली कांग्रेसको नेतृत्वमा भएको हो, श्रमलाई हेला गर्ने प्रवृत्तिको अन्त्य पनि कांग्रेसले नै गर्छ उनले भने  ।

समाजवादको लक्ष्य निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै पौडेलले कांग्रेसको मूल लक्ष्य त्यही भएको जिकिर गरे । गाउँगाउँमा रोजगारी र आम्दानीलाई सार्थक बनाउन कांग्रेस नेतृत्वको सङ्घीय, प्रदेश र स्थानीय सरकार लागिपर्ने पौडेलको भनाई थियो । उनले भने ुविगतमा धेरै सरकार बने पनि श्रमिकको सम्मान हुन सकेन, निर्वाचनपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै श्रमिकलाई सम्मानजनक रोजगारीको ग्यारेन्टी गर्नेछ ।

नेता पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गरे । कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दावी गरे। २३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ,  उनको भनाई थियो ।

नेता पौडेलले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पुर्‍याउन गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको धारण व्यक्त गरे । देशलाई स्थायित्वमा लैजान आवश्यक रहेको र त्यसको नेतृत्वले अहिले कांग्रेसले गरेको उनको भनाई थियो ।

गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु हो, गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक छैन, सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ, उनले भने । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार बैकुण्ठ न्यौपानेले श्रमिकका हकहितका लागि आफूले सङ्कल्प गरेको बताए। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending