Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

धनुषामा १०९ जनाले फिर्ता लिए उम्मेदवारी

खबरडबली संवाददाता
धनुषा । धनुषामा प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
 
धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । 
 
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । यहाँ प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका छन् । 
 
मिथिला नगरमा प्रमुखका दुई उम्मेदवारसहित ११ ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताउनुभयो । उहाँका अनुसार प्रमुखमा हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएको हो । वडाध्यक्षका पाँच र वडा सदस्यका चारले उम्मेदवारी फिर्ता लिएका छन् । 
 
धनुषाधाम नगरमा एक उपप्रमुखको उम्मेदवारसहित वडाध्यक्षका दुई तथा सदस्यका चार गरी सातले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विदेह नगरमा वडाध्यक्षका दुई र महिला सदस्यका तीनद्वारा उम्मेदवारी फिर्ता भएको छ ।
 
हंसपुर नगरमा एक सदस्य र एक दलित सदस्यसहित दुई, सबैला नगरमा छ वडाध्यक्ष र एक वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । त्यस्तै क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन, सदस्यका चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी दशले उम्मेदवारी फिर्ता लिएका छन् । सहिदनगर नगरमा वडाध्यक्षका एक, सदस्यका दुई, दलित सदस्य दुई र महिला सदस्य दुईले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । 
 
यस्तै नगराइन नगरमा वडाध्यक्षका चार, सदस्यका सात र महिला सदस्य पदका तीन गरी १४ ले उम्मेदवारी फिर्ता लिनुभएको छ । नगराइन, मिथिला विहारी र कमला नगरमा वडाध्यक्षका एक÷एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । गणेशमान चारनाथ नगरमा भने तीनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
 
बटेश्वर गाउँपालिकामा एक अध्यक्ष, एक वडाध्यक्ष तथा दलित महिला सदस्यका एक उम्मेदवारले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनौजी गाउँपालिकामा अध्यक्षका एक तथा दुई वडाध्यक्षद्वारा उम्मेदवारी फिर्ता लिएका हुन् । 
 
यस्तै मुखियापट्टी, मुसहरनियाँ गाउँपालिकामा तीन, औरही गाउँपालिकामा तीन वडाध्यक्षसहित सात, लक्ष्मीनियाँ गाउँपालिकामा आठ र जनकनन्दिनी गाउँपालिकामा दुईले उम्मेदवारी फिर्ता लिएका छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending