सुदूरपश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।
समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।
वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ । वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन् । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र०का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी छन् ।
जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ ।
सो पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए । यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए । सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ ।
जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताए । १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र ः ६९ जना
१९ वडा रहेको उपमहानगरपालिकाका प्रमुखमा तीन, उपप्रमुखमा एक जना स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै वडामा गरी वडाध्यक्ष र सदस्य गरेर थप ६५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । वडाध्यक्ष र सदस्यका सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार ५, १४ र १९ नं वडामा छन् । वडा नं ६, १० र १८ का वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी परेको छैन । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी सबै वडामा विभिन्न दल र स्वतन्त्रसमेत गरी ६१९ ले उम्मेदवारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: